मौलाकालि वनका उपभोक्ता सदस्यले केवलकारमा ५० प्रतिशत छुट पाउने
गैँडाकोट । मौलाकालि सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता सदस्यले अब केवलकारमा ५० प्रतिशत छुट पाउने भएका छन् । उपभोक्ता सदस्यलाई सहज सुविधा उपलब्ध गराउन उपभोक्ता सदस्यका लागि मौलाकालि केवलकारसँग सहकार्य गरेर छुटको व्यवस्था मिलाएको मौलाकालि सामुदायिक वन उपभोक्ता समितिका सचिव इन्दिरा शर्माले विजय एफएमलाई जानकारी दिनुभयो । उहाँले उपभोक्ता सदस्यको कार्डमा नै सदस्य संख्या लेखिएको हुने बताउदैँ सदस्यता कार्ड लिएर जानुपर्ने समेत बताउनुभयो । यसअघि एक सदस्यले मात्रै यो सुबिधा पाइरहनुभएको थियो भने अहिले परिवारका पुरै सदस्यले छुट पाउने व्यवस्था गरिएको सचिव शर्माको भनाई छ ।
यस्तै मौलाकालि केवरकार प्रा.लि.का स्टेशन म्यानेजर सुरज पौडेलले सदस्यता कार्ड आवश्यक हुने , नविकरण भएको हुनुपर्ने, कार्डमा उल्लेख भएका व्यक्ति र नाता प्रमाणित भएको हुनुपर्ने बताउनुभयो ।