गैँडाकोट २ कि उषा पौडेल बुधबार रातीदेखि सम्पर्क विहिन, खोजीका लागि परिवारको आग्रह

२०८१ श्रावण १७ बिहीबार १८:१०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट २ निवासी उषा पौडेल बुधबार रातीदेखि सम्पर्क विहिन रहनुभएको छ । २६ वर्षिय पौडेल बुधबार राति ९ बजे गैँडाकोट २ इलाका प्रहरी कार्यालय पछाडी रहेको घरबाट निस्कुनभएको थियो ।  सिसिटिभी फुटेजमा नारायणी पुल तरेको देखिन्छ भने पोखरा बसपार्कमा यताउति गरेको देखिएको परिवार स्रोतले जनाएको छ ।

घरबाट निस्कदा रातो मेक्सी र सेतो सल लगाउनुभएको थियो । २६ वर्षिय उषा पौडेलको २ महिनाको छोरी हुनुहुन्छ । उहाँलाई भेट्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८४५६७३६९८ र ९८०४२५९९०३ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।