गैँडाकोट १८ का सामुदायिक वनको संस्थागत विकासका लागि स्थानीय महासंघद्वारा प्रशिक्षण 

२०८१ जेठ २४ बिहीबार १८:०७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट १८ मा रहेका सामुदायिक वनहरुको संस्थागत विकासका लागि स्थानीय महासंघले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अन्तर्गत स्थानीय महासंघ गैँडाकोट नगर कमिटीले गैँडाकोट १८ दमारमा गैँडाकोट १८ का सम्पूर्ण सामुदायिक वनहरुको संस्थागत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।  

कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष खगराज सापकोटाले स्थानीयको सक्रियतामा सामुदायिक वन संरक्षण भएपनि संस्थागत रुपमा बलियो हुन नसकेको तर्क गर्नुभयो । उहाँले वन व्यवस्थापन र वनको संस्थागत विकाससम्बन्धी जानकारी गराउँदै संरक्षणमुखी क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेलले स्थानीय महासंघले गर्दै आएका क्रियाकलापबारे जानकारी गराउँदै नगरपालिकामा रहेका सामुदायिका वनहरुको संस्थागत विकासका लागि सहजिकरण गर्दै आएको बताउनुभयो । 

सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले प्रशिक्षण दिनुभएको थियो । उहाँले वनका गतिविधि सञ्चालन गर्दै गर्दा कार्यविधि, नियमावली र ऐनले निर्दिष्ट गरेका कानुनी दायरामा रहेर गर्न आग्रह गर्नुभयो । 

रतनपुर स्वास्थ्य चौकी इन्चार्ज दिपा सदाशंकरले शुभकामना व्यक्त गर्दै वृक्षरोपण गरे स्वस्थ भइने बताउनुभयो ।  

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका कोषाध्यक्ष कमला शर्माले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो । स्थानीय महासंघका उपाध्यक्ष यदुप्रसाद न्यूरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव हिरालाल सापकोटाले गर्नुभएको थियो । 

वडामा ५ वटा सामुदायिक वन रहेका छन् । सिद्धमुखी, अकलादेवी, बराहदेवी, जनकल्याण र हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।