लायन्स क्लव अफ चितवन वाङ्मयको अध्यक्षमा अधिकारी चयन

२०८१ बैशाख १५ शनिबार १७:३७:०० मा प्रकाशित

गैंडाकोट । लायन्स क्लव अफ चितवन वाङ्मयको वर्ष २०२४/२५ का लागि सुजन अधिकारी अध्यक्षमा चयन हुनुभएको छ । 

मेघौलीको थारु ग्रामीण होमस्टेमा भएको ७ औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा पुष्प अधिकारी अञ्जली, द्वितीय उपाध्यक्षमा राजेन्द्र पौडेल, सचिवमा बिदुर अधिकारी, कोषाध्यक्षमा हिरामणी शर्मा, सह–सचीवमा राजेन्द्र सिलवाल लगायत सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष अधिकारीले समाजमा आई पर्ने विपत व्यवस्थापन, असहाय, दीन दुःखीहरुलाई सहयोगका साथै कला साहित्य र पत्रकारिता क्षेत्रलाइ समेत अङ्थगाल्दै अझै प्रभावकारी ढङ्गबाट कार्यक्रमहरु अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२४ आर जोन ३६ का जोन चियर पर्सन हरिप्रीया रिजाल प्रमुख अतिथि रहनुभएको थियो ।

निवर्तमान अध्यक्ष रामहरी श्रेष्ठ, पूर्व अध्यक्ष हिरामणी रेग्मी लगाएत डा. हेमनाथ घिमिरे, मुना रेग्मी, रोजिना लोहनी, इन्दिरा अधिकारी, मुना रेग्मी, बेदप्रसाद महतो लगाएत अतिथि रहनुभएको कार्यक्रम क्लबका सचीव राजेन्द्र पौडेलले गर्नुभएको थियो ।