गैंडाकोट जेसिजको आयोजनामा गैंडाकोट ८ मा १ दिने घरायसी विद्युतीय सामग्री मर्मत तालीम सम्पन्न

२०८० चैत २० मंगलबार ०७:०४:०० मा प्रकाशित

गैँडाकोट जेसिजको आयोजनामा गैंडाकोट ८ मा १ दिने वासिङ मेसिन, माइक्रो ओभन, फ्रीज, इन्डक्सन चुलो, कुलर तथा एसि मर्मत तथा संभार सम्बन्ध तालीम सम्पन्न भएको छ । दैनिक जीवनमा प्रहयोग हुने घयासी विद्युतीय सामानहरु मर्मत तथा संभारमा गृहिणीहरुको भूमिका हुने भन्दै बिजय नन्दन टोल विकास संस्थाका महिलाहरूलाई सहभागी गराइएको थियो।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गैंडाकोट जेसिजका अध्यक्ष राजेश पौडेलले दैनिक जीवनमा प्रयोग हुने विभिन्न घरायसी सामानहरू सामान्य बिग्रँदा मर्मत गर्ने र कुन सामान कसरी उचित रूपले प्रयोग गर्ने भन्ने बारेमा जनचेतना फैलाउन तालिमको आयोजना गरिएको बताउनुभयो । 
अर्कातिर गैंडाकोट ८ का वार्ड अध्यक्ष प्रेम सापकोटाले यसअघि आयोजना गरिएका व्यवसाय मुखी तालिमहरू फलदायी नभएको बताउँदै भविष्यमा दैनिक जीवनसँग सम्बन्धित र स्थानीयहरूलाई नै प्रत्यक्ष फाइदा पुग्ने यस्ता तालिमहरूमा जोड दिइने बताउनुभयो ।