गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छाडियो

२०८० चैत १७ शनिबार ०६:०३:०० मा प्रकाशित

पश्चिम नवलपरासी-पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउसो भेटिएको डल्फिनलाई स्थानिय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदिमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।

केहि दिनदेखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानियले डल्फिनको खोजि गर्दे आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतिय नहर हुँदै सुर्यपुरा विद्युत गृहको बाँधसम्म आईपुगेको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

उहाँका अनुसार उक्त डल्फिन अनुमानित ७०(७५ किलोको थियो भने लम्बाई ६ फिट बढि थियो । पछिल्लो समय नारायणी नदिमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मिहरुले बताएका छन् । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ ।

एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो । ;dfrf/ ;f]|t g]kfn 6]lnlehg