वसन्तपञ्चमी (लघुकथा)

२०८० फाल्गुण २ बुधबार १३:३६:०० मा प्रकाशित

अब त बाबुहरु पनि स्कूलमा भर्ना गर्ने बेला भयो । कुन बोर्डिङमा पढाउने हो ? कुन छ राम्रो, अलि राम्ररी बुझ है ! सुनिताले ललितालाई भनि ।

ल ! ल ! नआत्तिउ सँगै पढाउला, जहाँ पढाए पनि । म बुझ्छु पहिला । ललिताले भनि

त्यस ठाउँमा रहेका सबै बोर्डिङ चहारी । सबै ठाउँमा केही न केही अपुग भएको महसुस गरी । उनलाई एउटा बोर्डिङ मनपर्यो । जुन साना नानी बाबुका लागि उपयुक्त, वातावरणमैत्री र बालमैत्री रहेछ । सबै बुझेपछि सुनितालाई भनी ।

दुबैजना सँगै भर्ना गर्ने शुरमा हुन्छन । कहिले गर्ने त सोधी ललितालाई ?

पख न पख आउँदै गरेको वसन्त पञ्चमीमा सँगै विद्यालय गएर भर्ना गरिदिउला नि ∕ त्यस दिन माता सरस्वतीको अथाहा अनुकम्पा रहन्छ । त्यस दिन कलम समाई अक्षरारम्भ गरेमा पढन पनि आउँछ । साइत हेर्नु पनि पर्दैन । विद्याकी देवी सरस्वती पूजाको दिन बाट पढ्न, लेख्न शुरु गरेमा जीवन सफल रहन्छ । सिद्धि प्राप्त हुन्छ । त्यसै दिन नाक कान पनि छेडि दिउला नि ! 

 

भूमिका गैरे, तिमिल्सिना 
गैँडाकोट– ४, नवलपुर

 

 

 

दुबै जना सँगै जाने आउँने गर्छन् । हामी पनि पालो गरी–गरी लिन र छोड्न जाउँला भनि सल्लाह गरे । दुबैजना छोराछोरीले गर्दा दुबै आमाहरुको मिलाप पनि निकै बढेको थियो अचेल ! सम्बन्ध पनि प्रगाढ भएको थियो, दुबै परिवारको । सबै खुसी थिए ।

छोराको उज्वल भविष्यको कल्पना गर्छे । अनेक सोचाइहरु दिमागमा ल्याउछे । धेरै पढेर छोरो कुनै दिन ठूलो मान्छे हुनेछ । असल मान्छे बन्नेछ । सबैले उसलाई चिन्नेछन् । मेरो नामले होइन, छोराको नामले म पनि चिनिने छु सबैमाझ । आफ्नो छुट्टै पहिचान बनाउनेछ । यो देशलाई चाहिने एउटा स्तम्भ हुनेछ । जिम्मेवार नागरिक बन्नेछ । आदि–आदि सोच्छे सुनिता ।

मनमा अनेक तर्कना खेलाउदै थिई । छोराको उज्ज्वल भविष्यको लागि भगवानसँग प्रार्थना गर्दै थिई । त्यतिकै निदाइछ । सुनिता

सपनादेखी, विद्यालयमा अक्षरारम्भ हुँदै रहेछ । बाबुले सरस्वती पूजाको दिन सरस्वतीको मन्दिर अगाडि बसेर सेतोपाटीमा मज्जाले लेखिरहेको थियो । झसङ्ग !  बिउझिई सपनाबाट, आहा ! कति राम्रो सपना देखेछु । भन्छन, ‘बिहानीपख देखेको सपना पूरा हुन्छ रे ।’ अब त म निदाउदिन भनेर जाग्राम बसी । सुनिता