निकेशबाबु स्मृति प्रतिष्ठानद्वारा मौलाकालिका गुरुकुलमको अक्षय कोषमा रकम हस्तान्तरण

गैँडाकोट । निकेशबाबु स्मृति प्रतिष्ठानको तेस्रो साधारणसभाको अवसरमा प्रतिष्ठानले मौलाकालिका गुरुकुलममा पच्चिस हजारको अक्षय कोषलाई हस्तान्तरण गरेको छ । आज मौलाकालिका मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकग्राम सापकोटा गुरुकुलम व्यवस्थापन उप समिति संयोजक एवं पूर्व वडाध्यक्ष हरिप्रसाद सापकोटालाई प्रतिष्ठानका संरक्षक भरतबाबु कँडेल, अध्यक्ष चोक्षादेवी देवकोटाले पच्चिस हजारको चेक हस्तान्तरण गरि अक्षय कोषका लागि उपलब्ध गराउनुभएको हो ।
कार्यक्रममा बोल्दै गैँडाकोट वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले निकेशबाबुले सानै उमेरमा समाजसेवा रुची देखाएर काम गरेका अब्बल युवा भएपनि अल्पायुमै गुमाउनु परेको बताउँदै २०७२ सालमा अमेरिकामा दुर्घटनामा मृत्यु भएको बताउनुभयो । निकेशबाबुको सम्झनामा परिवारले प्रतिष्ठान खोलेर समाजिक र शैक्षिक क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै निकेशबाबु स्मृति प्रतिष्ठानका संरक्षक, शैक्षिक व्यक्तित्व एवं सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले प्रतिष्ठानले विभिन्न विद्यालयमा प्रति विद्यार्थी १० हजारका दरले छात्रबृत्ति प्रदान गर्ने, अक्षय कोष स्थापनामा टेवा पु¥याउन रकम प्रदान गर्ने, गरिव विपन्न विद्यार्थीलाई न्यायो कपडा, शैक्षिक सामग्री हस्तान्तरण गर्ने, रक्तदान, निः शुल्क आखा परिक्षण, चश्मा वितरण लगायतका काम गरिरहेको बताउनुभयो ।
मौलाकालिका गुरुकुलमका छात्रहरुले स्वस्ती शान्ती वाचन गरि सुरु भएको कार्यक्रममा र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकग्राम सापकोटा, र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकग्राम सापकोटा, कालिका संस्कृत विद्यापिठका प्राचार्य रामचन्द्र कँडेल, सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसे, प्रतिष्ठानका सदस्य टोलनाथ घिमिरे, जलुके खानेपानीका अध्यक्ष जगन्नथ पौडेल, सप्तऋषि मन्दिरका उपाध्यक्ष काशीनाथ कँडेल लगायतले निकेश बाबुको सामाजिक कामप्रतिको लगाव स्मरण गर्दै, परिवारले उहाँकै नाममा प्रतिष्ठान खालेर सामाजिक काम गरेको बताएका थिए । अल्पायुमै निधन भएका निकेशबाबुको बैकुण्ठबासको कामना व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चोक्षादेवी देवकोटाले प्रतिष्ठानले गर्ने कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा निकेशबाबु स्मृति प्रतिष्ठानका उपाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सरस्वती निकेतनका विद्यार्थीले निकेश बाबुको स्मृतिमा मौलाकालिका मन्दिर परिसरमा भजन र नृत्य प्रस्तुत गरेका थिए साथै प्रगती टोलका महिला दिदिबैनीले समेत निकेश बाबुको स्मरण भजन प्रस्तुत गर्नुभएको थियो ।