
गैँडाकोट । पाचौँ अन्र्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा गैँडाकोटमा निःशुल्क स्क्रिनिङ शिविर गरिएको छ । शिवीरमा ६८ जनाले नाम दर्ता गराएकोमा ४० जनाको पाठेघर र स्तन जाचँ गरिएको गैँडाकोट स्वास्थ्य चौकीका उपाध्यक्ष कुमारी रेखा पौडेलले जानकारी दिनुभयो । उहाँले जाँच बाकीँ रहेका महिलाको गैँडाकोट स्वास्थ्य चौकीमा आइतबार स्वास्थ्य जाँच गरिने पनि बताउनुभएको छ । कार्यक्रम महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको हो भने सहआयोजक विकास महिला समूह गैँडाकोट ५ र प्राबिधिक सहयोग गैँडाकोट स्वास्थ्य चौकी रहेको थियो ।
कार्यक्रममा बोल्दै गैँडाकोट ५ वडाअध्यक्ष रत्नप्रसाद सापकोटाले महिलाहरुले आफुलाई भएको स्वास्थ्य समस्याबारे नलजाई स्वास्थ्यकर्मीलाई भनि स्वास्थ्य परामर्श लिनुपर्ने बताउनुभयो । उहाँले सजग र सचेत बने स्तन क्यान्सर र पाठेघरको क्यान्सर बाट बच्न सकिने पनि बताउनुभयो ।
महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा समिति संयोजक विद्या अधिकारीले स्वास्थ्य नै ठुलो धन भएकाले अब परिवारलाई मात्रै नभई आफैँले आफ्नो ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले समयमै जाँच गर्न पनि आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाकी सिअनमी अधिकृत सिता रिजालले पनि सचेतना अपनाउन आग्रह गर्नुभयो । उहाँले ४० बर्षपछि छातीको मेमो गर्न सुझाव दिनुभएको छ । स्तन क्यान्सर आमालाई भएमा छोरी वा दिदि पनि हुनसक्ने सम्भावना हुने भन्दै सचेतना अपनाउन आग्रह गर्नुभएको छ
गैँडाकोट स्वास्थ्य चौकी उपाध्यक्ष कुमारी रेखा पौडेलले पाठेघर र स्तनको क्यान्सर बढि महिलालाई हुने क्यान्सरमा पर्ने बताउँदै स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुबिधा लिन पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रममा शाइनिङ्ग आवासिय माध्यामिक विद्यालयका शिक्षक एवं सञ्चालक इन्दिरा चापागाँई, महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिलमाया सिग्देल, विकास टोल महिला समूहका अध्यक्ष कविता भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।
स्वास्थ्य जाचँ स्वास्थ्यकर्मीहरु सिता रिजाल र माया शर्मा तिवारीले गर्नुभएको थियो भने सहयोगीका रुपमा गोमा सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा समिति सदस्य गोमा सुवेदीले राख्नुभएको थियो । भने सञ्चालन शिक्षा समिति सदस्य राधिका तिमिल्सिनाले गर्नुभएको हो