बाल संरक्षण कोषमा गैँडाकोट इङ्गलिस स्कूलद्वारा थप रकम प्रदान

गैँडाकोट
गैँडाकोट वाड नं. १ को बाल संरक्षण कोषमा गैँडाकोट इङ्गलिस स्कूलले थप पच्चीस हजार सहयोग गरेको छ ।
बालबालिकाको हितका लागि सञ्चालनमा रहेको कोषमा यसअघि पचास हजार हस्तान्तरण गरेको विद्यालयले हालसम्म सो कोषका लागि ७५ हजार उपलब्ध गराएको छ । गैँडाकोट इङ्गलिस स्कूलले यस कोषमा यस विद्यालयको सहयोग रु १ लाख पु¥याउने जानकारी दिएको छ ।
साथै बालमैत्री वडा निर्माण र यसको निरन्तरताका लागि विद्यालयको सधैँ आवश्यक सहयोग रहने विद्यालयका प्रिन्सिपल अर्यालले बताउनुभयो । स्कुल जान नपाएका बालबालिकालाई सहयोग होस भनेर यो सहयोग गरेको बताउँदै गैँडाकोट इङ्गलिस स्कुलले राम्रो कामका लागि विद्यार्थी शिक्षकले सहयोग गरेको पैसा यस कोषमा उपलब्ध गराइने र केही रकम अन्य आवश्यक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो साथै उहाँले यस बर्ष विद्यालयले राष्ट्रिय आबिष्कार केन्द्रलाई पनि सहयोग गरिने जानकारी दिनुभयो ।
बालबालिकाले भैलो खेलेको रकम र विभिन्न व्यक्तिको सहयोग संकलन गरि यस कोषको स्थापना गरिएको थियो । आगामी वर्ष सम्ममा यस कोषमा रु १० लाख पु¥याउने वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीको प्रतिवद्धता रहेको छ । वडा भित्रका आपतकालिन एवं जोखिम अवस्थामा रहेका बालबालिकाहरुलाई तत्काल संरक्षण, उद्धार, राहत तथा बालबालिकाको हकहितको संरक्षण र सम्बर्धनका लागि यस कोषको स्थापना भएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले नगरको एकमात्र क बर्गको विद्यालयले यसरी सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।
१० लाख रकम पुगेपछि त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट विभिन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने कुरा कार्यविधि रहेको छ ।