चितवन हस्पिटलद्वारा तीन सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन । चितवन हस्पिटलले तीन सय जना कालिका नगरबासीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
चितवन हस्पितल प्रा.लि.को आयोजनामा कालिका नगरपालिका वडा नम्बर ९ चतुर्मुखी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा करिब ३०० जनाको स्वास्थ्य परीक्षणका साथै १४० जानाको सुगर परीक्षण गरिएको चितवन हस्पिटल प्रालिका निर्देशक नारायण सापकोटाले जानकारी दिनुभयो ।
प्रा.डा. विजय प्रसाद पौडेल लगायतको टीमले स्वास्थ्य परीक्षण गरेको थियो ।
कालिका नगरपालिकाको उपप्रमुख विमला तामाङको सुगर परीक्षण गरी उद्घाटन गरिएको थियो । शिविरमा सहयोग गर्ने कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि कम्पनीहरु, लगायत सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ ।