धार्मीक पर्यटन प्रवद्धनमा अग्रणी हनुमान मन्दिर

२०८० मङ्सिर १६ शनिबार १६:५७:०० मा प्रकाशित


गैँडाकोट । हनुमान मन्दिर समिति (चक्रघाट) समितिको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै मन्दिरका अध्यक्ष टीकाराम सापकोटाले संस्थाको २० बर्षे गुरुयोजनामा बनाएर काम गरेको बताउनुभयो । यस बर्ष धर्मशाला निमार्ण, पार्किङ्ग व्यवस्थापन, गेट निमार्ण, गार्डेन निमार्ण लगाएतको काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले हनुमान मन्दिरले धार्मीक पर्यटन प्रवद्धनमा सहयोग पुराएको बताउँदै, मन्दिर बिकासका लागि नगरपालिका पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

मन्दिरको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरका सचिव सीता गिरी (वन) ले आगामी दिनमा मन्दिरमा धर्मशाला तथा सेफ्टी टंकी निमार्ण गर्ने, मन्दिर परिसरभित्र आकर्षक वाटिका निर्माण गर्ने लगाएतको योजना रहेको बताउनुभयो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बृद्धिनाथ घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन संयोजक नारायणप्रसाद भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मंन्तव्य संस्थाका उपाध्यक्ष उमाकान्त सापकोटाले राख्नुभएको थियो ।