विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको २३ औं साधारण सभा आज हुदै।।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोट ८ को २३ औँ वार्षिक साधारण सभा एंव आठौँ अधिबेशनको तयारी पुरा भएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा आज विहान साढे १० बजेदेखि साभारण सभा हुने सहकारीका अध्यक्ष डा. भूमिराज चापागाईंले जानकारी दिनुभयो ।
‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो ।
संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।