गैँडाकोटमा बोलेरो र अटो ठोक्किदा ३ जना घाइते 

२०८० असोज ७ आइतबार १४:०८:०० मा प्रकाशित


गैँडाकोट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट ५ स्थित कालिगण्डकी चोकमा बोलेरो र अटो ठोक्किदा ३ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिततर्फ दाना लिएर जाँदै गरेको ना ५ च १५३ नम्बरको बोलेर अनियन्त्रित भइ सोही दिशामा रोकी राखेको ना २ ह २८३७ नम्बरको अटोमाथि पल्टिदा ३ जना घाइते भएका हुन् । 

दुघर्टनामा परि अटो चालक गैँडाकोट ४ का ४१ वर्षिया विश्वराज अधिकारीको टाउकोमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । अधिकारीको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै बोलेरो चालक धादिङका २४ वर्षिया प्रदिप वि.क. र सह चालक माडी नगरपालिकाका १९ वर्षिया सन्दिप परियार सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भएको छ ।

अटो र बोलेरो ईलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् ।