
गैँडाकोट । विकू बचत तथा ऋण सहकारी ली. को ३४औं वार्षिक साधारण सभा सुरु भएको छ ।
तीन वटा ईकाइ केन्द्र अन्तर्गत साधारण सभा गर्ने तयारी गरेको विकूले शनिबार चितवनमा साधारण सभा सम्पन्न गरेको छ । ईकाइ केन्द्र–१ अन्तर्गत शरदपुर मा.वि परिसर भरतपुर– ८ गौरीगंजमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा स्वागत, पूजा, शरदगौरी र दियालो सेवा केन्द्र अन्तर्गतका सदस्यले नीति तथा कार्यक्रम, बजेटमाथी सुझाव पेश गरेका थिए ।
ईकाइ केन्द्र–२ अन्तर्गत थारु राष्ट्रिय संग्राहलय परिसर कावासोती १६ डण्डा बजारमा यहि असोज १३ गते शनिवार र ईकाइ केन्द्र–३ अन्तर्गत विजय सामुदायिक शिक्षा सदन परिसर, गैंडाकोट–५ मा यहि असोज २० गते शनिवार साधारण सभा हुने विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।