विकूको ऋण लगानी ६ अर्ब ८२ करोड, एक महिनामा थपिए ४८१ सेयर सदस्य

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६ अर्ब ८२ करोड बढी ऋण लगानी गरेको छ । चितवन र नवलपुरका गरी ८ हजार ६ सय ३० जनालाई ऋण लगानी गरेको हो । संस्थाले भदौ मसान्तसम्म ६ अर्ब ८२ करोड १२ लाख ५५ हजार २ सय १६ रुपैयाँ ऋण लगानीमा रहेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थामा एक महिनाको अवधिमा मात्रै ४८१ जना सेयर सदस्य थपिएका छन् । संस्थामा हाल १ लाख १४ हजार २ सय ७० जना सदस्य रहेका छन् । अघिल्लो महिना १ लाख १३ हजार ७ सय ८९ जना रहेका थिए ।
संस्थाको तरलता रकम केही घटेको छ । गत महिना ३२.३४ प्रतिशत रहेको तरलता रकम हाल ३१.८६ प्रतिशत देखिन्छ ।
संस्थाको सेयर पूँजी ८९ करोड ७९ लाख ९० हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ६० करोड २६ लाख ५६ हजार ७ सय ५ रुपैयाँ र विभिन्न कोषमा २३ करोड १८ लाख ४८ हजार ५ सय १४ रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाको संस्थागत पूँजी ७० करोड २६ लाख ७४ हजार ७ सय ७४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । कूल बचत रकम ७ अर्ब ४२ करोड ३६ लाख ६७ हजार ८ सय ६९ रुपैयाँ रहेको छ । त्यस्तै ९ अर्ब ५२ करोड ८१ लाख १५ हजार १ सय ५१ रुपैयाँ कूल सम्पत्ति पुगेको छ ।