‘परदेशी–२’को गीत ‘हिजो काम आज काम...’ सार्वजनिक

२०८० असोज ३ बुधबार ११:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी–२’को गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम...’ बोलको गीत आज सार्वजनिक गरिएको हो । 

प्रशान्त तामाङको स्वर रहेको गीतमा शतिस चापागाईंको शब्दरचना छ । बीबी अनुरागीले संगीत भरेका छन् । 

गीतमा दिलीप रायमाझी, प्रकाश सपूत, केकी अधिकारीलगायत मुख्य कलाकार फिचर्ड छन् । नारायण रायमाझीको निर्देशन रहेको चलचित्र असोज २६ गते रिलिज हुँदै छ । 

‘हिजो काम आज काम...’