धर्म संस्कृतिको अभियानमा ‘गोपेश्वर महादेव मन्दिर’

२०७९ माघ २४ मंगलबार १२:४१:०० मा प्रकाशित

 

 

 

 

 

 

 

वेदप्रसाद गौडेल

धर्म संस्कृतिबाट मानिसलाई असल मार्गमा ल्याउने हुँदा अनादिकाल देखिनै धर्म, ग्रन्थ, वेद पुराणहरुको रचना भई ऋषिमुनीहरुबाट संसारिक ज्ञान सभ्यता मनुष्यको जीवन पद्दतीलाई मार्ग दर्शन गरेको छ । 

धर्मकर्म, तिर्थ, व्रत भगवानका रुप पुजा अर्पण सेवाबाट सुख आनन्द प्राप्त हुन्छ । देवीदेवताको आरधानाबाट सम्पूर्ण जीव, मनुष्यहरुको उपकार र सार्थक जीवन हुने हुँदा यही अभ्यासमा हामीहरु लागी रहनुपर्ने हुन्छ । गैँडाकोट वडा नं. २ मा स्थापित धेरै पुरानो मन्दिरका रुपमा गोपेश्वर महादेव मन्दिर रहेको छ । लामो समयदेखि यहाँ व्यवस्थापन पूजा विधिबाट पूजा अर्चना हुँदै आएको छ । महत्त्वपूण शक्तिपिठ एवं पुराताŒिवक केन्द्रको रुपमा रहेको गोपेश्वर महादेव मन्दिर बोलबमधाम शिवालय सेवा समितिले विभिन्न अवस्थामा आएका बाधाअवरोधहरुलाई सहजरुपमा पार गर्दै आएको छ । सञ्चालन प्रकृयामा अनुभव कार्यक्षमता सहितका कार्यक्रम भैरहेको छ । वर्तमान अवस्थामा धार्मीक विधि धर्मसंस्कृति संस्कार र धर्म प्रति आम समुदाय भक्तजनहरुमा आफैं जागरण तर्फ केन्द्रित कार्यक्रम एवं भौतिक संरचना तथा व्यवस्थापनमा विषेश जोड दिएको छ । धर्म प्रेमी भक्तजन दिनानु रुपमा मन्दिरमा दर्शन, पूजा, सत्संग तथा सामुहिक एवं नीजि पूजा कार्यक्रमहरुमा अत्याधिक सहभागीताबाट मन्दिरको अझै महत्वपूर्ण भूमिका रहि आएकोे छ । 

प्रत्येक एकादशी, शुक्रबार, सोमबार, नियमित प्रवचन सत्संग भजन कीर्तन विषेश गुरुजीहरु विद्वान, प्रखर वाचकज्यूहरुको मन्दिरमा आगमन र प्रवचनबाट पनि यसले प्रष्ट रुपमा प्रभावित एवं सफल पारेको छ । मन्दिरमा गुरु साधु, सन्त माहात्मा ज्ञानी पुरुष, असल पूजारी पण्डित इमान्दार कर्मचारी सक्रिय, अग्रगामी सोच भएको समितिबाट मात्र मन्दिरको पूर्ण विकास धर्म प्रतिको लगाव, क्षमता बढीरहन्छ । सोही अनुसारका कार्यक्रम तर्फ नै वर्तमान कार्यसमिति क्रियाशील रही आएको व्यहोरा सबैमा अवगत नै छ । सत्संग भनेको मन्दिरको महत्वपूर्ण अंग हुन्छ । पूजा विधि र भक्तजनको आगमनबाट मात्र मन्दिर उज्यालो हुने र भगवान खुसी हुने हुँदा यही प्रयत्नमा हामी लागी रहेका छौँ । मन्दिरमा निरन्तर रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गर्ने गरिएको छ । अझै विशेष योगदान गर्नुहुने व्यक्तित्वहरुलाई अभिनन्दन कार्यक्रम २९ औं वार्षिक साधारणसभादेखि प्रारम्भ गरिएको छ । यसले सेवा समर्पणको अवस्थालाई चिनारी गराउँदछ । 

यस मन्दिरको नाममा २०२९ सालमा नापी हुँदाका बखत सरकारबाट यस मन्दिरका नाममा महादेव गुठी, गोपेश्वर महादेव मन्दिर गैंडाकोट २ भनी मन्दिर निर्माण स्थल गैंडाकोट २ र गुठी भगवानको पूजा र सञ्चालन भोग लगाउन आवश्यक पर्ने जग्गा लागि गैंडाकोट ४ मा जग्गा व्यवस्था गरिएको स्थापीत मन्दिर भएको हुँदा र नारायणी नदी तटिय क्षेत्र धार्मीक पर्यटकीय रुपमा नारायणगढ चितवनसँग जोडिएको अति सबैको पायक पर्ने स्थलमा स्थापित हुँदा अझै यस मन्दिरको महŒव गरिमा र धार्मिक संस्कार संस्कृतिको विकासमा हामीलाई हौसला र क्रियाशील हुन उर्जा प्राप्त भएको छ । भगवानको आराधान सेवा पूजा दर्शनबाट फल प्राप्त हुने र तुलसी बेलपत्र र फूलहरुको संरक्षण एवं कुश, तील, वरपिपल स्वामी लगायतका धार्मिक विधि शक्तिका रुपमा पूज्यनीय पवित्र मान्य फलफूल, वृक्ष, रुखहरुको रोपण वरपिपल स्वामी एवं विश्राम स्थल सत्तल, धर्मशाला, चौतारीहरुको निर्माण, व्यवस्थापन गर्नतर्फ धर्मप्रेमी प्रकृतिप्रेमी, समग्र मानिसको हितमा समर्पण भइरहने र सबैमा अभियान सुरु गर्नु पर्दछ ।

यस मन्दिरबाट नित्य पूजा सत्संग कार्यक्रम, शुभजन्मोत्सव, विवाह महोत्सव, विद्यालय शैक्षिक केन्द्रित नैतिक तथा धार्मीक तथा संस्कार संस्कृति, सम्वद्र्धन र विकास एवं मन्दिरमा स्थापित गरिएका भगवानका मन्दिरहरुमा, विभिन्न समयमा उत्सव, महोत्सव पूजा विधी गरी मनाउने गरिएको छ । यसका लागि अति महŒवपूर्ण ऐतिहासिक कार्यमा सहयोग सुझाव प्राप्त हुँदै आएकोमा सम्पूर्ण गुरुजीहरु कार्यसमिति, सत्संग समिति, सहयोगीदाताहरु, श्रद्धेय आजीवन सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, पूजारी एवं सबै धर्मानुरागी महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । विवाह पञ्चमी, हनुमानजयन्ती, रामनवमी एवं दैनिक शिवपाञ्चायन पूजा हरिशैयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म प्रत्येक एकादशीमा अखण्डकीर्तन एकादशी महात्मा, चौमास लगायत कार्यक्रम, तुलसी पूजा, तोरण तार्ने, होम गरी न्वाई (नयाँ अन्न प्राशन्न) कार्यको थालनी गरिएको छ । श्रावण महिनामा बोलबम धाम उत्सव, महाशिवरात्रीमा ज्ञान महायज्ञ सहित कार्यक्रम गरी अत्यान्तै अपार भक्तजनहरुको उपस्थिति रहिआएको छ । यसलाई अझै निरन्रता र प्रभावकारी बनाउन र वैदिक सनातन धर्म संस्कृतिको रक्षा गरी यसको महŒवलाई अगाडी बढाउन सम्पूर्ण समिति लगायत धर्मानुरागी मानिसको परम कर्तव्य हुनेछ । 

यसको दिगो विकास र व्यवस्थापन र सञ्चालनका लागि गुठीको जग्गा आम्दानी एवं अक्षयकोषको स्थापना गरी सोबाट प्राप्त ब्याज, अन्य भक्तजन, सहयोगीदाता र पूजा पर्वबाट प्राप्त हुने रकम यसको मुख्य आयस्रोतमा पर्दछ । कार्यक्रम सुरु गर्नु मात्र नभै यसको प्रभावकारी निरन्तरता हुनु पर्दछ । तसर्थ जिम्मेवारी भइरहने र जिम्मा लिन सक्षम सक्रिय व्यक्तित्वहरुको आवश्यक पर्दछ ।

यस वर्षमा सुन्दर कलात्मक सत्तलमा ट्रस निर्माण एवं अष्टचिरञ्जिवी भगवानका मूर्ति स्थापना लगायत मन्दिरको सर्वोपरी हित व्यवस्थापन धार्मिक पुस्तकालय सहितका कार्यक्रमलाई प्राथमिकता दिनेतर्फ केन्द्रित रहेन छ भन्ने धारणाका साथ क्रोध, लोभ, मोह र स्वार्थ त्याग गरी निश्वार्थ सेवा र समर्पण गरौँ यही सबैमा हार्दिक अपिल गर्दछु । जय गोपेश्वर भगवान ।

(लेखक वेदप्रसाद गौडेल गैँडाकोट नगरपालिका–२, गोपीधाम, शिवालयमार्ग स्थित श्री गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समितिका अध्यक्ष हुन् ।)