माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर निर्माण
चितवन । माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ । माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।
कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीलाई सेवा लिने विश्रामका साथै माडी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि नगरपालिकासँगको सहकार्यमा गोलघर बनाइएको बताउनुभयो । गोलघरमा माडीका पर्यटकीय दृश्य तस्बिरमा देख्न सकिने गरी व्यवस्थापन गरिएको उहाँको भनाई छ ।