रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभएको छ । यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको थियो । तर छलफलपछि असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको पराजुलीले सामाजिक सञ्जालमार्फत बताउनुभएको हो ।
महाधिवेशनको तयारी तथा विविध समसामयिक एजेण्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको थियो । यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।