गैंडाकोट ८ मा भान्सा सुधार तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सुरु
गैडाकोट । गैंडाकोट नगरपालिका वडा नम्वर ८ मा दुई दिने भान्सा सुधार तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सुरु भएको छ । मङ्गलबार वडा कार्यालयको सभाहलमा घरको भान्सा लाइ कसरी स्वस्थ बनाउन सकिन्छ ,भान्सामा कुन कुन कुराहरु सुधार गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया भएको हो। कार्यक्रम मङ्गलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ ।
गैडाकोट नगरपालिका वडा नम्बर ८ को सहयोग रहेको कार्यक्रममा डाक्टर संग्राम पुरीले प्रशिक्षण दिनुभएको छ । कालिका महिला सञ्जालको आयोजनामा भएको कार्यक्रममा वडाभित्रका ११ वटा महिला समूह बाट पाँच पाँच जना महिलाको सहभागिता रहेको छ ।

गैडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। त्यसैले खानपिन सुधारका लागि भान्साबाट नै सुरु हुने भएकोले यो तालिम प्रभावकारी हुने भएकोले राम्रोसँग ज्ञान हासिल गर्न आग्रह गर्नुभयो।
गैडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले जीवनसँगै जोडिने भान्सालाई नै स्वस्थ बनायो भने हामी सधैं स्वस्थ हुने बताउनुभयो । वडा अध्यक्ष सापकोटाले तालिममा भान्साको सरसफाई, फ्रिजमा राख्ने खानेकुराको व्यवस्थापन, खाना खाने तालिका लगायत भान्साको व्यवस्थापनको बारेमा निकै उपयोगि तालिम भएको बताउनुभयो ।

कालिका महिला सञ्जालको अध्यक्ष नर्मदा शर्माले सहभागी उत्साहितका साथ आउनुभएको छ, भान्सा सुधार सम्बन्धी तालिममा सिकेका कुरा आफ्नो समूहमा गएर सिकाउन आग्रह गर्नुभयो।
कार्यक्रममा गैडाकोट वडा नम्बर ८ का जनप्रतिनिधि कमला आचार्य ,तर्कबहादुर थापा, सुशीला परियार लगायत बुद्धिजीवी , महिला समूहहरूको उपस्थिति रहेको थियो।
कालिका महिला सञ्जालका उपाध्यक्ष जमुना गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव बबिता कुँवरले गर्नुभएको थियो।