विजय एफएमद्वारा श्रोता आफन्तलाई नयाँ वर्षको शुभकामना

२०८३ बैशाख १ मंगलबार ०७:२४:०० मा प्रकाशित


नवलपुर । नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताआफन्तलाई शुभकामना प्रदान गरेको छ ।

 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सम्पूर्ण नेपालीहरुको उन्नती र प्रगतिको कामना गर्नुभएको छ । देशमा राजनीतिक स्थायित्व र समृद्धिको यात्राका लागि भिजनका साथ अघि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्दै सापकोटाले शुभकामना दिनुभएको छ ।

 

 

यसका साथै नयाँ वर्ष २०८३ सालकोे पावन अवसरमा सम्पूर्ण श्रोता आफन्त, विज्ञापन दाता, सामुदायिक वन, खानेपानी उपभोक्ता संस्था, सहकारी तथा वित्तिय संस्थाहरु, हाम्रा साझेदार संघसंस्था, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु, विजय परिवारका संघसंस्थाहरु, यस संस्थाका शेयर सदस्यहरु, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी साथीहरु एवं सम्पूर्ण नेपालीहरुमा सुख शान्ति अनि समृद्धि प्राप्त होस्  भनि शुभकामना सन्देश प्रदान गर्नुभएको छ ।