तोलामा ८ हजार १०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज (मंगलबार) तोलामा ८ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।