मान्यजनहरूबाट टीका र आशिर्वाद लगाउन हिँड्ने क्रम जारी

२०८२ असोज १७ शुक्रबार ०७:०२:०० मा प्रकाशित

हिजो टीका लगाउन जान नभ्याएकाहरु आज पनि मान्यजनहरूबाट टीका र आशिर्वाद लगाउन हिँड्ने क्रम जारी छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी हिजोदेखि आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।

 

परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । यो क्रम कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म चल्छ ।

 

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।