नेपाल र वेस्ट इन्डिज बीचको तेस्रो टी–२० क्रिकेट आज

२०८२ असोज १४ मंगलबार १९:२२:०० मा प्रकाशित

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजे शुरू हुनेछ । नेपालले लगातार दुई खेल जितेर शृङ्खला जितिसकेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । जुन नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । यस्तै गएराति भएको खेलमा वेष्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले सृङ्खला जितेको छ ।

गएरातिको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृङ्खलामै शानदार प्रदर्शन गरेर शृङ्खला नै जितेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो ।