एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

२०८२ असोज ११ शनिबार १९:३८:०० मा प्रकाशित

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५ सय ६४ परीक्षार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो ।

परीक्षामा एक लाख ४३ हजार २ सय ५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६ सय ९३ जना परीक्षार्थी अनुत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।