अतिरिक्त सुविधा नलिने अर्थशास्त्री डा.खनालको घोषणा

२०८२ भदौ ३० सोमबार १२:०६:०० मा प्रकाशित

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहनुभएका अर्थशास्त्री डा.रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गर्नुभएको छ ।  

बालुवाटार निकट स्रोतका अनुसार, उहाँले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गर्नुभएको हो । तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’

खनालले तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा नलिएको स्रोतले जानकारी दिएको छ ।