एम्स एब्रोड गैँडाकोटमा सुरु भयो मासिक २ हजारमै जापानी भाषा कक्षा

२०८२ भदौ १८ बुधबार १८:४५:०० मा प्रकाशित

नवलपुर । अब जापानी भाषा सिक्न चाहने विद्यार्थीलाई गैँडाकोटमै किफायती सुविधा उपलब्ध हुने भएको छ। गैँडाकोटस्थित एम्स एब्रोड एजुकेशन प्रालिले विशेष योजना ल्याउँदै मासिक मात्र २ हजार रुपैयाँमै जापानी भाषा कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। सामान्यतया भाषा कक्षाको शुल्क धेरै हुने भए पनि भदौ र असोज महिनाभित्र भर्ना हुने विद्यार्थीलाई मात्र विशेष छुट दिने व्यवस्था गरिएको छ।


आज गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सीईओ कृष्ण कंडेलले आर्थिक अवस्था कमजोर भएकाहरुलाई समेत सहज बनाउन शुल्क घटाइएको बताउनुभयो ।


उहाँले विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर यो योजना ल्याएको बताउनुभयो । जापानी भाषा सिक्न चाहेर पनि शुल्कका कारण अड्किएका विद्यार्थीलाई सहयोग होस् भन्ने उद्देश्य रहेको समेत उहाँको भनाई छ । 


कंडेलका अनुसार एम्स एब्रोडले भाषा सिकाइसँगै विदेश अध्ययनका सम्पूर्ण तयारी प्रक्रियामा समेत सहयोग गर्दै आएको छ। जापान, अष्ट्रेलिया, अमेरिका र क्यानडा लगायतका देशका प्रतिष्ठित कलेज–विश्वविद्यालयमा यहाँका विद्यार्थी भर्ना भई अध्ययनरत समेत रहेका छन्।


“हामीले पठाएका विद्यार्थीहरू प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा भर्ना भई अध्ययनरत छन्, जसले हाम्रो सेवाप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ बढाएको छ,” कंडेलले बताउनुभयो ।


गैँडाकोट र चितवन–नवलपुर क्षेत्रकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रूपमा परिचित एम्स एब्रोडले विद्यार्थीलाई भाषादेखि भिसा प्रक्रियासम्म सम्पूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ।
यो योजना मार्फत धेरै विद्यार्थीले जापानी भाषा सिकेर अध्ययन र रोजगारी दुबै अवसरमा फाइदा लिन सक्ने एम्स एब्रोडको विश्वास छ ।