गैँडाकोटमा गणित विषयको तालिम तथा प्रश्नपत्र निर्माण कार्यशाला 

२०८२ जेठ २७ मंगलबार ०७:०६:०० मा प्रकाशित

गैँडाकोट । शिक्षा, युवा तथा खेलकुद शाखा गैँडाकोट नगरपालिका र गणित विषय समूह गैँडाकोटको आयोजनामा गणित विषय शिक्षणमा देखिएका समस्या समाधानमा आधारित दुई दिवसीय तालिम तथा प्रश्नपत्र निर्माण कार्यशाला सोमबारबाट शुरु भएको छ । कार्यशालाको समुद्घाटन प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गर्नुभएको थियो ।

 

कार्यक्रममा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईँ, नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, निवर्तमान नगर शिक्षा समिति सदस्य कमल सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोमबार र मंगलबार गैँडाकोटमा सञ्चालित कार्यशालामा, गणित विषयगत समूहका सदस्यहरु, आधारभूत र माध्यमिक तहका गणित शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण कालिका माध्यमिक विद्यालय देवघाटका गणित शिक्षक शरदचन्द्र खनालले गर्नुभएको थियो ।

 

विषयगत समिति सदस्य तथा कालिका नमुना मा.विका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम विषयगत समूह सदस्य कृष्णराज भट्टराईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम गणित  विषय समूह सयोजक टकनारायण रानाको अध्यक्षतामा सम्पन्न भएको  थियो ।