गैंडाकोटमा ज्येष्ठ नागरिकका लागी स्वास्थ्य सचेतनामूलक अन्तरक्रिया कार्यक्रम 

२०८२ बैशाख ३० मंगलबार १७:०७:०० मा प्रकाशित

नवलपरासीपूर्व । ज्येष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान भन्ने अभिप्रायका साथ गैंडाकोटमा मंगलबार अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा एक दिने स्वास्थ्य सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैंडाकोट वडा नं १० को रत्नराज्य लक्ष्मी मा.विको सभाहलमा ज्येष्ठ नागरिक नगर सङघको आयोजना तथा गैँडाकोट नगरपालिकाकोे आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।


कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका डाक्टर आजाद पुरीले उपस्थित ज्येष्ठ नागरिकहरुलाई प्राकृतिक चिकित्साको बारेमा जानकारी दिनुभयो । 


गैँडाकोट १० का वडा अध्यक्ष देबीदत्त कंडेलले ज्येष्ठ नागरिकहरु राष्ट्रका गहना भएको हुँदा उहाँहरुको सम्मानमा स्थानीय सरकार सचेत र संवेदनशील रहेको बताउनुभयो साथै अध्यक्ष कंडेलले ज्येष्ठ नागरिकहरुलाई आफ्नो वडाबाट सक्दो सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष कंडेलले मातातिर्थ औसी र कुशे औसीमा ज्येष्ठ आमाबुबाहरुलाई सम्मान गरिदै आएको र अहिलेको मातातिर्थ औसीमा ७५ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको बताउनुभयो । साथै उहाँले अब आउने कुशे औसीमा ज्येष्ठ बुबाहरुलाई सम्मान गर्ने र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो । 

राष्ट्रिय महासंघ प्रतिनिधि तथा ज्येष्ठ नागरिक नगर सङ्घका अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघका कार्यवाहक अध्यक्ष रविलाल कंडेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक ९० वर्षमाथिका ३ जना बृद्धहरुलाई सम्मान गरिएको छ ।

 

सचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई आवश्यकता अनुसार सबै वडामा पु¥याइने सोच बनाइएको ज्येष्ठ नागरिक नगर सङ्घका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताउनुभएको छ । 


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघका कोषाध्यक्ष चन्द्रदत्त जैसी, रत्नराज्य लक्ष्मी मा.वि  का वि.व्य.स का अध्यक्ष तिर्थराज बराल, सहायक प्रधानाध्यापक टक नारायण राना, किसान साकोसका अध्यक्ष प्रेम सापकोटा, गैँडाकोट नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत राधा लम्साल पौडेल, गैँडाकोट नगरपालिका महिला तथा बालबालिका शाखाबाट नरमाया रानाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक वडा संघका सचिव मानबहादुर केसीले गर्नुभएको थियो ।


कार्यक्रममा १३० जनाको सहभागीता रहेको थियो ।