पठन संस्कृती अभियानः शिक्षा पद्धतीमा परिवर्तन हुनुपर्नेमा प्राध्यापक डा.कंडेलको जोड

२०८१ फाल्गुण २४ शनिबार १९:४५:०० मा प्रकाशित

गैँडाकोट । पठन संस्कृती अभियानको ११ औं श्रृङ्खला  विजय विकास स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको पठन संस्कृती अभियानको आजका प्रमुख अतिथि शैक्षिक, सामाजिक र राजनितीक अवस्थालाई नजिकबाट नियाल्दै आउनुभएका प्राध्यापक डा. देवि प्रसाद कंडेल रहनुभएको थियो । 

 

डा. कंडेलले अहिले देशको शिक्षा पद्धती फितलो भएको बताउनुभएको छ । पठन संस्कृती अभियानले विद्यार्थीहरुलाई मात्र नभएर अभिभावकहरुलाई पनि पढ्ने बानीको विकास गराउने बताउनुभयो । अहिलेको पिढिले पठनभन्दा बढि मोबाइल तथा टिकटक हेर्न रुचाउने भन्दै पठन संस्कृती कार्यक्रम नौलो र उत्कृष्ट कार्यक्रम रहेको बताउनुभएको छ । उहाँले यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई पढ्न जागरुक गराउने समेत बताँउनुभयो । कंडेलले सरकारी निती फितलो भएका कारण, विदेश पलायनका कारण पछिल्लो समयमा युवाजनशक्ति स्वदेशमा नहुदाँ देशको विकास हुन नसकेकाले यस्तो प्रवृती रोक्नुपर्ने समेत बताउनुभयो ।


कार्यक्रममा साहित्यकार उदय अधिकारीले प्रभात सुवेदीको विदेशी साथीको बारेमा चर्चा गर्नुभएको थियो । लेखराम सापकोटाले एकदेव रिमालको चिसो बाकस, गोविन्द रिमालले उदय अधिकारीको अविश्रान्त लखर लखर र विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले महाकुम्भसम्मको आफ्नो यात्राको अनुभव सुनाउनुभयो  । 

 

 गत वैशाख १५ गतेबाट सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने उद्देश्यले विजय एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले पठन संस्कृति अभियान सुरु गरिएको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो  । यस अभियानमा विजय विकास स्रोत केन्द्र सहयोगी संस्थाको रुपमा रहेको छ ।