डाँडाकालिका साकोसमा राधा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२०८१ मङ्सिर १५ शनिबार १८:४३:०० मा प्रकाशित

गैँडाकोट । डाँडाकालिका बचत तथा ऋण सहकारी संस्थाकोे पाचौँ अधिबेशनले राधा थापाको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रबहादुर थापा, सचिवमा संगिता रानाभाट, कोषाध्यक्षमा टंक बहादुर थापा, सदस्यहरुमा शेर बबहादुर थापा, विना आले, रामचन्द्र सापकोटा, मनमाया थापा, इन्द्र थापा मगर, अमृता दर्लामी, रामप्रसाद थापा सर्वसम्मत चयन हुनुभएको छ । 

यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शिव बहादुर पुन र सदस्यहरुमा कविता आले र डम्मर बहादुर थापा चयन हुनुभएको जनाइएको छ । 

यसैबिच यसअघि संस्थाकोे गैंडाकोट २ स्थित श्रीराम पार्टी प्यालेसमा १४ औं बार्षिक साधारण सभा भएको थियो । ‘म पनि डाँडाकालिका, मेरो साथी अनि परिवार पनि डाँडाकालिका’ भन्ने नारा सहित स्थापीत यस सहकारीले सदस्यमैत्री भएर आफुलाई अगाडी बढाइरहेको छ । संस्थाका अध्यक्ष शिव बहादुर पुनले शेयर सदस्यको आर्थिक विकास एवम् सदस्यहरुको हितमा काम गर्नुका साथै शेयर सदस्यहरुलाई विभिन्न तालिमहरु दिने गरेको बताउनुभएको छ ।

संस्थाका सचिव संगीता रानाभाटले समुदाय एव्म सदस्यताहरुको माग र आवश्यकता अनुसार रेमिट्यान्स सेवा संचालन गर्दै आएको र ऋणी शेयर सदस्यको ऋण रकम बराबरको बिमा गराइने बताउनुभयो । सहकारीका कोषाध्यक्ष राधिका कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शेयर पुँजी बृद्धि गरि ९० लाख पु¥याउने, बचत संकलन वृद्धि गरी ४ करोड पु¥याउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन लेखा संयोजक ईन्द्र बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।

डाँडाकालिका बचत तथा ऋण सहकारीमा हाल शेयर पूँजी ८३ लाख ७२ हजार ७ सय रहेको छ । त्यस्तै जगेडा कोष ३६ लाख १५ हजार ८ सय ७८ रहेको छ । 

प्रमुख अतिथीका रुपमा नेफ्स्कुनका लेखा तथा सुपरिवेक्षण समितीका लेखा संयोजक इन्द्रराज ज्योती पौडेल रहनुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथी गैंडाकोट वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटा, गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, महिला सशक्तिकरणका उपसमितीहरु, शिक्षा उपसमिती, ऋण असुली उपसमिती सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

डाँडाकालिका बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राधा थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम सचिव संगिता रानाभाटले सञ्चालन गर्नुभएको थियो ।