विनायक कृषि सहकारीमा  १८ लाख ४६ हजार बचत

२०८१ मङ्सिर ९ आइतबार १८:४३:०० मा प्रकाशित

नवलपरासी पूर्व । गैँडाकोटमा रहेको विनायक कृषि सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट ८ विजयचोक स्थित कृषि सहकारी संस्था लिमिटेडको परिसरमा कार्यक्रम भएको थियो । गैँडाकोट नगरपलिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीले कृषि क्षेत्रको उन्नयनका लागि काम गरिरहेको र आगामी दिनमा अझै किसानमुखी काम गर्न सुझाब दिनुभएको छ । 

विनायक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकप्रसाद कँडेलले गैँडाकोट नगरपालिकाका समग्र कृषकहरुलाई सेवा पुर्याउने उद्देश्यका साथ गैँडाकोट नगरपालिकाका सबै वडाका कृषकहरुलाई सरल र सुलभ मूल्यमा विउविजन, रासायनिक मल, जैविक मल साथै बालीनालीमा लाग्ने रोगकिरा र नियन्त्रणका लागि हर्कपुर र अमरापुरीमा समेत विक्रि केन्द्र सञ्चालनमा ल्याई सेवा प्रदान गरेको बताउनुभएको छ । 

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव लक्ष्मीदत्त सापकोटाले संस्थाले गुणस्तरिय विउविजन समयमै उपलब्ध गराउने लक्ष्यका साथ गत वर्षदेखि गुणस्तरिय विउविजन उत्पादन कार्य सुरु गरिएको बताउनुभएको छ । कोषाध्यक्ष तेजेन्द्र चालिसेले आर्थिक प्रतिवेदन वाचन गर्दैे संस्थामा ९ सय ३६ सेयर सदस्यको ७१ लाख ८६ हजार शेयर पूँजी रहेको बताउनुभयो । संस्थामा  १८ लाख ४६ हजार २ सय ८८ रुपैयाँ ३०  पैसा बचत रहेको बताउनुभयो ।