नारायणी सामुदायिक वनको अध्यक्षमा नेत्रराज सापकोटा विजयी (मत सहित)

२०८१ भदौ ३० आइतबार १३:०३:०० मा प्रकाशित

गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को अध्यक्षमा नेत्रराज सापकोटा विजयी हुनुभएको छ । पाँचौ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा उहाँ ४५० मत सहित निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।  

अध्यक्ष पदका अर्का उम्मेदवार उमाकुमारी पाण्डेलाई १३२ मतको अन्तरले पराजित गर्नुभयो । पाण्डेल ३१८ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा धनपति सापकोटा विजयी हुनुभएको छ । उहाँले ३५६ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षका उम्मेदवार मोतीलाल ढुङ्गानाले ३४९ मत ल्याउनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार छविलाल सापकोटाले ३७ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी सचिवमा सिता गिरी विजयी हुनुभएको छ । उहाँ ३९० मत सहित विजयी हुनुभयो । सचिवका अर्का उमेदवार भद्रकली घर्ती मगरले ३४६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा विमला मगर ३८३ मत सहित विजयी हुनुभयो । कोषाध्यक्षकै अर्का उम्मेदवार विनु कुमालले ३२४ मत प्राप्त गर्नुभयो । सह सचविमा ३७९ मत सहित कुलप्रसाद सापकोटा विजयी हुनुभएको छ । सह सचिवका अर्का उम्मेदवार नामकुमारी सापकोटाले ३३० मत प्राप्त गर्नुभयो । 

सदस्यहरुमा मिना नेपाली ३९४ मत, रामकृष्ण राई ३०६ मत, दिलबहादुर श्रेष्ठ २७० मत, लक्ष्मी कुमाल ३३१ मत, जोकमाया सुनारी ३४६ मत, सितादेवी गौडेल २९९ मत, देवीकला सापकोटा कँडेल ४४० मत, तारा भूसाल ३५६ मत, जीवन सापकोटा ३३९ मत र रविलाल कंडेल ३०६ मत सहित विजयी हुनुभएको छ । 

लेखा संयोजकमा ४०३ मत सहित लक्ष्मी चौधरी विजयी हुनुभएको छ । लेखा संयोजकका अर्का उम्मेदवार रामप्रसाद तिवारीले ३४४ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी लेखा समिति सदस्यमा दिपादेवी सापकोटा ४४४ मत र चुडामणी सापकोटा ३९३ मत सहित विजयी हुनुभएको छ । 

नयाँ नेतृत्व चयनका लागि ११२८ मतदाता कायम गरिएकोमा ८५९ जनाले मतदान गरेका थिए ।