एमाले गैँडाकोटको अध्यक्षमा चारजनाको उम्मेदवारी, पदाधिकारीमा क–कसले गराए उम्मेद्वारी दर्ता ?

२०८१ जेठ २६ शनिबार ०७:१९:०० मा प्रकाशित


गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गैँडाकोट नगरकमिटीको दोस्रो नगर अधिवेशनमा नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ ।  नेकपा एमाले गँैडाकोटको अध्यक्षका लागि गैँडाकोट १ का कृष्ण कंडेल, गैँडाकोट १० का यदुप्रसाद न्यूरे, गैँडाकोट १३ का जगन्नाथ पौडेल र गैँडाकोट ४ का श्रीराम सुवेदीले उम्मेद्वारी दर्ता गराउनुभएको   छ ।

उपाध्यक्षमा गैँडाकोट ११ का गोविन्द सुवेदी, गैँडाकोट १ का सरस्वती उपाध्याय खनाल र गैँडाकोट ५ का विष्णुप्रसाद सापकोटा रहनुभएको छ । 
 

सचिवमा गैँडाकोट १० का कमल बहादुर पाठक र गैँडाकोट २ का भुमिश्वर भुसालको उम्मेद्वारी रहेको छ ।

उपसचिवमा गैँडाकोट १० कि गोमा पौडेल, गैँडाकोट १ का शसिचन्द्र सिग्देल, गैँडाकोट ८ का नरबहादुर थापा मगर, गैँडाकोट १५ का अमृता क्षेत्री , गैँडाकोट ९ कि कल्पना देवकोटा र गैँडाकोट १६ कि सविता देवकोटाको उम्मेद्वारी रहेको छ । 

खुला सदस्यमा लक्ष्मी कमली, सुभद्रा आचार्य, हरिप्रसाद सापकोटा, प्रकाश भूषाल, गुरुप्रसाद पौडेल, विनु कुमाल, लिला पौडेल, देशबन्धु सिग्देल, जनक पौडेल उपाध्याय, कमल नारायण न्यौपाने, प्रेमकुमारी शर्मा पौडेल, दिनेश देवकोटा र विमल आचार्यले उम्मेद्वारी राखेका छन् । 

आज १० बजेबाट निर्वाचनको कार्यक्रम अघि बढ्ने निर्वाचन समितिका संयोजक रमेश काफ्लेले बताउनुभयो । सकेसम्म सहमतिमा नया नेतृत्व चयन गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक काफ्लेले बताउनुभयो ।  

नेकपा एमालेको नगरअधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव सहित अन्य सदस्यहरु अधिवेशनबाट निर्वाचित हुनेछन् ।