निवृत्त शिक्षकहरुको शुभकामना आदानप्रदान

२०८१ बैशाख २२ शनिबार १८:१२:०० मा प्रकाशित

गैँडाकोट । नेपाल निवृत्त शिक्षक समाजले नयाँ बर्षको शुभकामना आदानप्रदान गरेको छ । 

शनिवार जनक कलेजको सभाहलमा भएको कार्यक्रममा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा निवृत्त शिक्षक कवि गोविन्दराज विनोदी, त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निवृत्त शिक्षक इन्द्रराज पौडेल, नेपाल निवृत्त शिक्षक जिल्ला अध्यक्ष भागवतप्रसाद गौतम, निवृत्त शिक्षक धर्मराज पौडेल, निवृत्त शिक्षक विष्णुप्रसाद खराल लगायतले कविता वाचनसँगै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै निवृत्त शिक्षक सरदचन्द्र पण्डित, फणिनारायण  सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

नेपाल निवृत्त शिक्षक समाजका अध्यक्ष दानबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वेदनिधि पौडेलले निवृत्त शिक्षक कल्याणकारी कोषको अवस्थाबारे जानकारी दिँदै कोषमा हाल १५ लाख १६ हजार २ सय १२ रुपैयाँ रहेको बताउनुभयो । 

कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोविन्द पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष मुक्तिनाथ न्यौपानेले राख्नुभएको थियो । कार्यक्रममा निवृत्त शिक्षकहरु १२५ जनाको उपस्तिथी रहेको थियो ।