गैँडाकोट इङ्गलिस स्कूलका नयाँ विद्यार्थीलाई स्वागत 

२०८१ बैशाख २२ शनिबार १७:३८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट इङ्गलिस स्कूलले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार एक भब्य समारोहका बीच विद्यार्थीलाई स्वागत गरिएको हो । 

विद्यार्थी तथा अभिभावकलाई गैँडाकोट इङ्गलिस स्कूलमा स्वागत गर्दै विद्यालयका प्राचार्य हिरालाल अर्यालले अभिभावकलाई विद्यार्थीको मार्कसिटको नम्बरमा मात्र जोड नदिन अनुरोध गर्नुभएको छ । उहाँले गैँडाकोट इङ्गलिस स्कूलले विद्यार्थीलाई विश्वव्यापीकरण तर्फ लैजाने शिक्षा नीति लागू गरेको बताउँदै उनीहरुलाई जीवन जिउने कलामा जोड दिनुपर्ने बताउनुभयो ।

साथै उहाँले विद्यालयले हरेक वर्ष नयाँ र सिर्जनशिलतामा जोड दिने पनि जानकारी दिनुभयो । 

साङ्गितिक प्रस्तुती सहित भएको कार्यक्रममा विद्यार्थीका लागि विभिन्न खेलका कार्यक्रम सञ्चालन गरिएको थियो । साथै विद्यार्थीहरुले आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए ।