खाद्य सुरक्षाको लागि खाद्यान्न वासलात 

२०७८ श्रावण ५ मंगलबार १४:३३:०० मा प्रकाशित



दिगो विकासको लक्ष्य नं. २ मा रहेको भोकमरी शून्यमा सहयोग पु¥याउनुका साथै नेपालको संविधान अनुसार खाद्य सुरक्षा हरेक नागरिकको मौलिक हक भएकोले सो परिपूर्तिका लागि पनि खाद्य वासलातको महŒवपूर्ण भूमिका रहने देखिन्छ । कोभिड १९ माहामारीले स्वास्थ्यमा चुनौती साथै खाद्य संकट निम्त्याएको छ । खाद्य आपूर्ति निरन्तर नहँुदा खाद्य तथा पोषण सुरक्षामा समस्या व्यापक देखियो । यस्तो अवस्थामा दिगो खाद्य तथा पोषण सुरक्षा सुनिश्चितता गर्न खाद्यान्न वासलात निर्माण गरि योजना र कार्यक्रम बनाउन आवश्यकता देखिन्छ । कोभिड १९ रोग विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहेन र यसको प्रकोप बढ्दै गइरहेको छ । आगामी दिनमा यो महामारीले कस्तो रुप लिने हो भन्ने चिन्ताको विषय बनेको छ । उद्योग, व्यापार, शैक्षिक, पर्यटन क्षेत्रलाई पूर्ण चलाएमान बनाउन निकै चुनौतीपूर्ण रहेको यस अवस्थामा कृषि क्षेत्रमा झन यसको प्रत्यक्ष असर परेको छ । 
यस्तो महामारीको अवस्थामा कृषि कर्मलाई नियमित नराखे भविष्यमा खाद्य तथा पोषण असुरक्षा हुने निश्चित छ । त्यसैले समय समयमा आउने बाढी, पहिरो, भुकम्प तथा विभिन्न किसिमका महामारीहरुले गर्दा खाद्यान्नमा भयावह अवस्था आउने, भोकमरी लाग्ने, जस्ता समस्याहरुबाट जोगिनका लागि बेलैमा खाद्यान्नलाई सुरक्षित राख्नको लागि कम उत्पादन भएको छ भने उत्पादन बढाउनतिर र उत्पादन भएको खाद्यान्नलाई बजारको व्यवस्थापन तथा भण्डारण गर्नुपर्ने जरुरी देखिन्छ । यस्ता समस्याहरुको समाधानका लागि र खाद्य सुरक्षाको लागि खाद्यान्न वासलात बनाउनु जरुरी छ । विभिन्न पालिकामा विभिन्न खाद्यान्न तथा पशुपन्छी उत्पादन यथेष्ट भइ सम्भावित खपत पछि रहने वस्तुको बजारिकरण गर्न सहयोग गर्ने, नपुग्ने भए उत्पादनमा जोड दिने र उत्पादन सम्बन्धि समस्या समाधान गर्ने तथा आयात गर्नुपर्ने भएमा अन्तर पालिका समन्वय गर्ने जस्ता नीति अवलम्बन गर्न तर्फ जोड दिन खाद्यान्न वासलात महŒवपूर्ण छ । 
खाद्यान्न वासलातको पहिलो अभ्यास पहिलो विश्वयुद्धवाट भएको हो भने दोश्रो विश्वयुद्धमा गएर यसको अझ बढी आवश्यकता, महŒव र चासो बढ्दै गयो । विश्वयुद्धपछी लागेको भोकमरी तथा विभिन्न महामारीले गर्दा यसको झनै आवश्यकता देखिएपछी सन् १९४२÷४३ मा युरोपेली मुलुकमा खाद्य आवश्यकताको अध्ययन गरियो भने सन् १९४८ मा आएर एफ.ए.ओ. ले खाद्यान्नको अवस्था विश्लेषण गर्न सहयोगी हुने हुनाले खाद्यान्न वासलात बनाउनको लागि विभिन्न मुलुकहरुलाई सुझाव दिएको थियो । सन् १९९२÷९४ मा १७५ देशहरु र १९९४÷९६ मा जम्मा १८० देशमा खाद्यान्न वासलात प्रकाशित गरिएको थियो । नेपालमा यसको सन् १९८८÷८९ देखी अभ्यास सुरु गरिएको हो ।
हाल सरकारी तथा गैरसरकारी संस्थासँग कृषि तथा पशु उत्पादन, वितरण तथा खपत सम्बन्धि पूर्ण तथ्याड्ढ नभएको अवस्थामा केहि तथ्याड्ढ सरकारी तथा गैर सरकारी कार्यालय र केहि तथ्याड्ढ आधारभूत सर्भेक्षणबाट प्राप्त गरि खाद्यान्न वासलात तयार गरिएको छ । विशेषतः कृषि योग्य जग्गा, खेति भैरहेको क्षेत्र, सरकारी स्वामित्वमा रहेका जग्गा, वनजंगल क्षेत्र आदि सम्बन्धि जानकारी कृषि सम्बन्धित कार्यालयबाट प्राप्त भयो भने उत्पादकत्व, उत्पादन तथा खपत आधारभूत सर्भेक्षणबाट प्राप्त गर्नु पर्ने अवस्था रहेको थियो ।
विजय विकास स्रोत केन्द्रको पहल तथा खुल्ला सामाज नीति केन्द्र, अमेरिकाको आर्थिक सहयोगमा नवलपुर जिल्लाभरिका विभिन्न स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षाको अवस्थाको सूचाड्ढको रुपमा खाद्यान्न वासलात निर्माण कार्यक्रम सञ्चालन भएको थियो । सो खाद्यान्न वासलात निर्माण कार्यक्रमले विभिन्न पालिकामा कृषि उत्पादन, बितरण तथा खपतको यथार्थ अवस्था चित्रण गरि स्थानीय सरकारलाई खाद्य तथा पशुपन्छीजन्य वस्तु उत्पादनको निम्ति यथेष्ट योजना र नीति तर्जुमा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । खाद्यान्न वासलात भन्नाले तोकिएको अवधिको सम्पूर्ण खाद्य आपूर्ति र उपयोगका स्रोतहरुको समग्र र विश्लेषणात्मक तथ्याड्ढ हो । 
यसमा मूख्य खाद्य वस्तुहरु (कार्बाेहाइड्रेट, प्रोटिन, Çयाटका स्रोतहरु) को आपूर्ति जस्तैः उत्पादन, आयात, र उपयोगका स्रोतहरु जस्तैः बिउ, दाना, पर्यटकको खाना, खाना प्रसोधन, औद्योगिक प्रयोग, खेर जाने खाद्य, अन्य साथै खानाको लागि के कति उपलब्ध हुन्छ त्यसको तथ्याड्ढ साथै जनसंख्या, उत्पादकता, उत्पादन क्षमता, पोषण तत्व, आदिको तथ्याड्ढ विश्लेषण गरिन्छ । यसले प्रत्येक खाद्यवस्तुको आवश्यकता र पूर्तीको अवस्थालाई देखाउँछ जसले गर्दा सो खाद्यवस्तु सम्बन्धि विभिन्न पोलिसीहरु बनाउन मद्दत मिल्दछ । यसले कुनैपनि देश वा क्षेत्रमा के–के खाद्यवस्तुहरु आपूर्ति भइराखेको छ र कुन खाद्यवस्तुहरुको कति प्रयोग (घट्दो वा बढ्दो) के छ भनेर पनि मुल्याड्ढन गर्न सहयोग गर्दछ । खाद्यान्न वासलातले कुनैपनि क्षेत्रमा खाद्यान्न कत्तिको आपूर्ति हुन्छ र कत्तिको चाहिन्छ भन्ने कुरालाई निर्धारण गरेर देशको पुरै कृषिको कार्यक्रमहरुलाई परिमार्जित गर्न समेत सहयोग गर्दछ भने एक देश र अर्को देश वा एउटा क्षेत्र र अर्को क्षेत्र बीचको खाद्य उपलब्धता तुलना गर्नपनि सहयोग गर्दछ । 
समग्रमा खाद्यान्न वासलात मार्फत नवलपुरका विभिन्न पालिकामा खाद्य तथा पशुपन्छी उत्पादनको अवस्था केलाउँदा हालको अवस्था त्यति चिन्ताजनक देखिदैन तर उत्पादनलाई अझ प्रोत्साहन गर्न जरुरी देखिन्छ । विशेष अन्न बालीहरुमा हेर्दा धानको उत्पादन र ओगटेको क्षेत्रफल धेरै देखिन्छ भने दोश्रोमा मकैको उत्पादन देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ मा नवलपुर जिल्ला भित्र धानको कुल क्षेत्रफल २२,१३५ हेक्टर रहेको छ भने उत्पादन ९९,९५४ मेट्रिक टन रहेको छ । मकैको भने कुल उत्पादन क्षेत्र ५,८८७ हेक्टर तथा उत्पादन १५,१५७ मेट्रिक टन रहेको छ । गहुँको उत्पादन भने कम देखिएको अवस्था देखिएको छ जसमा धेरै खपत आयातबाट नै पूर्ति भएको देखिन्छ । यसैगरि दलहन बालिमा मुसुरोको उत्पादन ३९२३.८१२ मेट्रिक टन रहेको छ । जसको कुल क्षेत्रफल ३५७७ हेक्टर रहेको छ । दलहन बालीको उत्पादनमा विशेष मुसुरो बढी देखिएपनि दालमा बढी निर्भरताको कारणले आयातमा निर्भर हुनु पर्ने अवस्था देखिन्छ । फलफुल जन्य उत्पादनमा आँपको उत्पादन १८७७.४ मेट्रिक टन रहेको थियो भने केराको उत्पादन ७२३९.३ मेट्रिक टन रहेको थियो । केराको तथा आँपको उत्पादनमा नवलपुर करिब–करिब आत्मनिर्भर रहेको अवस्था देखिएको छ । सबै भन्दा बढी आयात सुन्तला र स्याउमा रहेको देखिन्छ । तरकारी जन्य उत्पादन हेर्ने हो भने मुलाको उत्पादन ५७५१ मेट्रिक टन रही पहिलो र काउली र बन्दा लगत्तै ५२०६ मेट्रिक टन र ४४२८.८ मेट्रिक टन रही दोस्रो र तेस्रो बढि उत्पादन हुने तरकारी देखिन्छ । तेलहन बालिको उत्पादन त्यति उत्साहित गर्ने खालको देखिँदैन । विगतका केहि बर्षहरुमा तोरी तथा सर्सो उत्पादनमा ह्रास आएको देखिन्छ । लाइ किराको प्रकोप, तुवालो बढी लाग्ने तथा उचित परिस्कृत जातहरुको कम प्रयोगले सर्सोको उत्पादन घटेको देखिन्छ । पशु पन्छीको उत्पादनमा हेर्दा समग्र नवलपुर जिल्ला अण्डा, दूध र कुखुराको मासुमा आत्मनिर्भर रहेको छ भने खसी, पाडा, बंगुर र माछाको मासुमा आंसिक परनिर्भरता देखिएको छ ।
नवलपुर जिल्ला भित्र रहेका विभिन्न ४ वटा पालिकाहरुको खाद्य तथा पशुपंक्षी उत्पादान पर्याप्तता अनुपात तथा आयात निर्भरता अनुपातको अवस्था विस्तृत रुपमा प्रस्तुत गरिएको छ ।
बुलिङटार गाउँपालिकाको हकमा अन्नबालीले गाउँपालिकामा सबैभन्दा बढी क्यालोरी आपूर्ति गराएको छ भने फलफूल बालीले सबैभन्दा कम क्यालोरी उपलब्ध गराएको छ । खाद्यान्न वासलातको नतिजाले खाद्य समूहमध्ये तरकारी बालीको आयात निर्भरता अनुपात सबैभन्दा कम (५७.१८९%) देखाएको छ । सबैभन्दा बढी (१४०.३९७%) आयात निर्भरता फलफूल बालीमा देखिएको छ । किनभने गाउँपालिकाको जनसांख्यिक खाद्यान्न माग पुरा गर्न उक्त बालीको आयात सबैभन्दा बढी भएको देखिन्छ । पशुपंक्षीजन्य खाद्यान्नले आयात निर्भरता अनुपातको आधारमा दोश्रो श्रेणी ओगटेको छ । जसको मान १२८.१२९% देखिएको छ । यसैगरी खाद्यान्न बाली र दलहन तथा तेलहन बालीको आयात निर्भरता अनुपात प्रतिशत क्रमशः ६०.५८३ र ११३.७०१ रहेको देखिन्छ । फलफूल बालीको पर्याप्तता अनुपात सबैभन्दा बढी (१४६.६९५%) रहेको पाईएको छ । यसबाट प्रस्ट हुन्छ कि, गाउँपालिकाको फलफूल उत्पादनले समग्र गाउँपालिकाको फलफूलजन्य खाद्य मागलाई पुरा गर्न सक्छ तर गाउँपालिकामा स्थानीय फलफूलको खपत मात्र नभई विभिन्न प्रकारका फलफूलहरुको खपत हुनेहुँदा यस बालीको आयात पनि बढी देखिएको हो । दलहन तथा तेलहन बालीको पर्याप्तता अनुपात सबैभन्दा कम (७०.२६८%) आएको छ त्यसकारण गाउँपालिकामा दलहन तथा तेलहन बालीको आयात बढी भएको देखिन्छ । यसैगरी तरकारीबाली, अन्नबाली र पशुपंक्षीजन्य खाद्यान्नको पर्याप्तता अनुपात क्रमशः ९८.०९२%, ९४.४६९% र ९०.४७५% रहेको देखिएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको सन्दर्भमा अन्नबालीले गाउँपालिकामा सबैभन्दा बढी (६०%) क्यालोरी आपूर्ति गराएको छ भने फलफूल बालीले सबैभन्दा कम क्यालोरी (१%) उपलब्ध गराएको छ । अन्नबालीले गाउँपालिकामा सबैभन्दा बढी (५९.३३७%) दैनिक खाद्यान्न आपूर्तिमा योगदान पु¥याएको देखिन्छ भने फलफूल बालीको सबैभन्दा कम (०.९६३ %) दैनिक आपूर्ति गराएको देखिन्छ । दलहन तथा तेलहन बाली (२०.३०८%) र पशुपंक्षीजन्य खाद्यबस्तु (१४.०६४%) ले दैनिक आपूर्तिमा लगभग बराबर योगदान गरेको देखिन्छ । यसैगरी तरकारी बालीले दैनिक खाद्यान्न आपूर्तिमा ५.२७५ % योगदान पु¥याएको देखिन्छ । उखु नगदे बालीको रुपमा लगाईएको र बिशेषतः उक्त बाली निर्यात देखिएको छ । अन्नबालीको हकमा यस पालिकामा गहँु, मकै, कोदो, जौ भन्दा धानको खपत बढी रहेको पाईयो । खाद्यान्न वासलातको नतिजाले खाद्य समूहमध्ये उखुको आयात निर्भरता अनुपात सबैभन्दा कम (०.२२४%)  देखाएको छ । उखुको कम आयात निर्भरता आउनुको कारण गाउँपालिकामा उखु नगदे बालीको रुपमा लगाईन्छ र उखु बाहिरबाट आयात गरिदैन । सबैभन्दा बढी (१७०.९७३%) आयात निर्भरता दलहन तथा तेलहन बालीमा देखिएको छ किनभने गाउँपालिकाको जनसांख्यिक खाद्यान्न माग पुरा गर्न उक्त बालीको आयात सबैभन्दा बढी भएको देखिन्छ । अन्नबालीले आयात निर्भरता अनुपातको आधारमा दोश्रो श्रेणी ओगटेको छ जसको मान १४१.३५९% देखिएको छ । यसैगरी फलफुल, तरकारी र पशुपंक्षीजन्य खाद्यवस्तुको आयात निर्भरता अनुपात प्रतिशत क्रमशः १३१.३६९, ६३.९३८ र ९२.१३४ रहेको देखिन्छ । यसैगरी खाद्यान्न वासलातको तथ्याड्ढले उखुको पर्याप्तता अनुपात सबैभन्दा बढी (२६३.५१५%) देखाएको छ । यसबाट प्रस्ट हुन्छ कि, गाउँपालिकाको उखु उत्पादनले समग्र गाउँपालिकाको उखुजन्य खाद्य मागलाई पुरा गर्न सक्छ र अन्य प्रयोजनको लागि पनि प्रयोग हुन सक्छ । दलहन तथा तेलहन बालीको पर्याप्तता अनुपात सबैभन्दा कम (२२.००६%) आएको छ, त्यसकारण गाउँपालिकामा दलहन तथा तेलहन बालीको आयात बढी भएको देखिन्छ । यसैगरी पशुपंक्षीजन्य खाद्यबस्तु, तरकारीबाली, फलफूल बाली र अन्नबालीको पर्याप्तता अनुपात क्रमशः १७२.२०७%, ६४.३४५%, ४५.२५६% र ३२.६६०% रहेको देखिएको छ । 
गैँडाकोट नगरपालिकामा अन्नबालीले सबैभन्दा धेरै क्यालोरी उपलब्ध गराएको छ भने फलफूल बालीले सबैभन्दा कम क्यालोरी प्रदान गरेको छ । प्रोटिनको आपूर्तिमा पशुपंक्षीजन्य खाद्यान्नले सबैभन्दा बढी योगदान पु¥याएको छ भने सबैभन्दा कम प्रोटिन आपूर्ति फलफूल बालीले गराएको पाईएको छ । यसैगरी सबैभन्दाबढी बोसोजन्य पदार्थ आपूर्ति पशुपंक्षीजन्य खाद्यान्नले नै गराएको छ भने सबैभन्दा कम आपूर्ति फलफूल बालीले नै गराएको पाईएको छ । अन्नबालीले नगरपालिकामा सबैभन्दा बढी दैनिक खाद्यान्न आपूर्ति गराएको छ भने फलफूलबालीले कम दैनिक आपूर्ति गराएको छ । अन्नबालीको खपतको हकमा सबैभन्दा बढी धानको खपत भएको पाईएको छ भने सबैभन्दा कम खपत कोदोको रहेको पाईएको छ । धान पछि बढि खपत हुने अन्नबालीमा गहँु रहेको छ । दलहन बालीको सन्दर्भमा सबैभन्दा बढी खपत मसुरोको रहेको पाईएको छ भने सबैभन्दा कम खपत राजमाको रहेको पाईएको छ । मासुजन्य पदार्थमा सबैभन्दा बढि उपभोग पाडाको मासुको रहेको पाईएको छ भने सबैभन्दा कम खपत बंगुरको मासुको रहेको छ । आयात निर्भरता अनुपातलाई हेर्दा सबैभन्दा बढी आयात निर्भरता दलहन तथा तेलहन बालीको देखिएको छ भने सबैभन्दा कम आयात निर्भरता तरकारी बालीको रहेको पाईएको छ । पर्याप्तता अनुपातको प्रतिशत हेर्दा सबैभन्दाबढी पर्याप्तता अनुपात पशुपंक्षीजन्य खाद्यान्नको रहेको छ भने सबैभन्दा कम पर्याप्तता अनुपात दलहन तथा तेलहन बालीको रहेको पाईएको छ ।
देवचुली नगरपालिकामा अन्नबालीले सबैभन्दा बढी क्यालोरी उपलब्ध गराएको छ भने फलफूल बालीले सबैभन्दा कम क्यालोरी प्रदान गरेको छ । प्रोटिनको हकमा अन्नबालीले नै सबैभन्दा बढी प्रोटिन उपलब्ध गराएको छ भने सबैभन्दा कम प्रोटिन फलफूल बालीले उपलब्ध  गराएको पाईएको छ । यसैगरी बोसोजन्य पदार्थको आपूर्ति सबैभन्दा बढी दलहन तथा तेलहन बालीले गराएको छ भने सबैभन्दा कम बोसोजन्य पदार्थ फलफूल बालीले नै गराएको छ । अन्नबालीले नगरपालिकामा सबैभन्दा बढी दैनिक खाद्यान्न आपूर्ति गराएको छ भने फलफूलबालीले कम दैनिक आपूर्ति गराएको छ । अन्नबालीको खपतको ढाँचालाई हेर्दा सबैभन्दा बढी खपत धानको रहेको छ भने सबैभन्दा कम खपत फापरको रहेको छ । धानपछि खपत हुने अन्नबालीमा क्रमशः गहँु, मकै र कोदो रहेको छ । यसैगरी दलहन बालीमा सबैभन्दा बढी खपत मुसुरोको रहेको पाईएको छ भने सबैभन्दा कम खपत भटमासको रहेको पाईएको छ । मासुको उपभोगमा सबैभन्दा बढी कुखुराको मासु खपत भएको देखिएको छ भने सबैभन्दा कम खपत पाडाको मासुको रहेको पाईएको छ । आयात निर्भरता अनुपात प्रतिशतलाई हेर्दा सबैभन्दा बढी आयात निर्भरता दलहन तथा तेलहन बालीमा रहेको देखिएको छ भने सबैभन्दा कम आयात निर्भरता तरकारी बालीमा रहेको पाईएको छ । पर्याप्तता अनुपात प्रतिशतको आधारमा सबैभन्दा बढी पर्याप्तता अनूपात प्रतिशत पशुपंक्षीजन्य खाद्यान्नमा देखिएको छ भने सबैभन्दा कम पर्याप्तता दलहन तथा तेलहन बालीमा देखिएको छ ।
सम्पूर्ण खाद्य तथा पशुपन्छी उत्पादन, वितरण तथा खपतको अवस्था हेर्दा अझै पनि केहि प्रमुख बाली, तरकारी फलफूल, अण्डा कुखुराको मासुमा हामी आत्मनिर्भर छौ भने अरु धेरै अति आवश्यक बालीको उत्पादन सन्तोषजनक छैन । सो कमि पूर्ति गर्न सरकारबाट तर्जुमा भएका नीति तथा कार्यक्रम मात्र नभई स्थानीय स्तरमा किसानको समस्या अनुरुपको कार्यक्रम बनाउन पर्ने अहिले समयको आवश्यकता रहेको छ । विभिन्न बालि तथा पशुपन्छी उत्पादनमा आइपरेका समस्याहरुको निदानको निम्ति स्थानीय स्तरमा उत्पादन बढाउन राम्रो नश्लको प्रयोग, मलखाद व्यबस्थापन, सिंचाइको व्यबस्था, आधुनिक प्रबिधि, यान्त्रिकरण, बिमा, रोग व्यादी नियन्त्रण आदि आवश्यकताहरुमा योजनाबद्ध रुपमा बजेट बिनियोजन हुन जरुरी देखिन्छ । कृषि तथा पशुपन्छी उत्पादनको निम्ति योजना तथा नीति कार्यक्रम माथिल्लो तहमा बसेर भन्दापनि तल्लो स्तरको किसानसँग सम्बन्धित भए कृषि तथा पशुपन्छी उत्पादन बढाउन सकिन्छ । अहिलेको कोभिड–१९ को महामारीको अवस्थामा खाद्य तथा पोषणको अवस्था नाजुक स्थितिमा छ । विभिन्न निम्न वर्गका परिवार दुइ छाक टार्न नसक्ने अवस्थामा रहेकोमा उनीहरुको लागि सर्वसुलभ तथा उचित मुल्यमा खाद्य बस्तु पु¥याउन सक्नु नै स्थानीय तहका सरकारको प्रमुख जिम्मेवारी हो । बाढी, पहिरो, माहामारी तथा अन्य प्राकृतिक प्रकोपको तयारी स्वरूप स्थानीय तहमा उत्पादन, वितरण र खपतको अवस्था मापन खाद्य वासलात मार्फत गरि सोहि अनुसारको तयारी गर्न जरुरि देखिन्छ । प्रत्येक आर्थिक वर्षमा प्रत्येक पालिकाले आÇनो खाद्य वासलात बनाएर खाद्य तथा पोषण सुरक्षा निम्ति सदैव तयारि अवस्थामा बस्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । साथै अन्तर पालिकामा कृषिमा व्यवसायीकरण पनि सँगसँगै जोड दिनुपर्ने देखिन्छ । कृषि तथा पशुपन्छी उत्पादनका विभिन्न पाटोहरु केलाएर समस्याहरु समाधान गर्दै तथ्याड्ढकमा आधारमा योजना तथा नीति कार्यक्रम तर्जुमा गरेमा नै कृषि तथा पशुपन्छी क्षेत्रको दिगो विकास हुने थियो ।
(कावासोती ८ निवासी सिग्देल विजय विकास स्रोत केन्द्रको पहल तथा खुल्ला सामाज नीति केन्द्र, अमेरिकाको आर्थिक सहयोगमा नवलपुर जिल्लाभरिका विभिन्न स्थानीय तहमा सञ्चालित खाद्यान्न वासलात मार्फत पालिकमा दिगो खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका परियोजना व्यवस्थापक हुन् ।)