स्थानीय निकायमा सामाजिक जवाफदेहिताको अभाव/गैडाकोट नगरपालिकामा मन्त्रीमण्डल गठन गर्न सुझाव

0


डोलराज रानाभाट, २४ जेठ, कावासोती । स्थानीय सरकार संचालनको २ बर्ष वितिसक्दापनि जनताको गुनासोहरु सम्वोधन हुन सकेको छैन । एकमात्रै सरकारहुँदा सेवा लिन र दिन सरल हुने जनताको अपेक्षा भएपनि जवाफदेहिताको कमीले जनताले दुख पाउनुरेको छ । जनताकै मत पाएर नेतृत्व तहमा गएका प्रतिनिधिहरु जनतालाई दिने सेवाप्रवाहमा उत्तरदायी नभएको गुनासो बढ्दो छ ।

जनताले चुनेर पठाएका प्रतिनिधिहरुको थलो स्थानीय निकायलाई जाफदेहि बनाउन कावासोतीमा आयोजित ३ दिने तालिम आज सम्पन्न भएको छ । नगर विकास प्रशिक्षण केन्द्र पोखरा र जिल्ला समन्वय समिति, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)को संयुक्त आयोजना जेठ २२ देखि २४ गतेसम्म संचालित सामाजिक जवाफदेहिता विषयक प्रशिक्षणको समापन कार्यक्रममा सहभागीहरले स्थानीय निकायहरुमा जवाफदेहिताको अभ्यास सून्य जस्तै रहेको बताएका हुन् ।

सामाजिक जवाफदेहिता अन्तर्गत पर्ने विभिन्न औजारहरुमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, प्रभावकारी अनुगमन, सूचनाको हकको प्रत्याभूति, नागरिक शिक्षा, लगायतका अभ्यासमा कमी भएको भन्दै अव गाउँ तथा नगरका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी नभए देशमा आएको गणतन्त्र लामो समय नटिक्ने पक्का छ । जनप्रतिनिधिहरु शासक नभई शुसाशन कायम राख्न सकेमात्रै देशमा गणतन्त्र आएको अनुभूति जनताले गर्ने समापन कार्यक्रमका अध्यक्ष एवम् जिल्ला समन्य समिति नवलपुरका प्रमुख चेसराम आलेले बताउनुभयो । केहि परिवर्तन भएपनि जनताका गुनासो आउन नछाडेको भन्दै योजनाको अनुगमनमा आफूहरुसँग सहकार्य गर्न स्थानीय निकायलाई आग्रह समेत गर्नुभयो ।

साथै जनताले पाउने सेवाप्रवाहमा छिटो र सरल प्रकृया अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले संविधानत स्थानीय सरकार बलीयो भएको तर राज्य सरकार समुदाय र जनप्रतिनिधिवीचको समन्वय टाढा भएको अनुभूति भएकाले पनि यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उपप्रमुख शारदा विश्वकर्माले स्थानीय सरकार आउँदापनि जनताका छोराछोरीले शिक्षामा विभेद भोग्नुपरेको बताउँदै समान शिक्षाका लागि सवै लाग्नुपर्नेमा जोड दिनुभयो । का.मु प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले ढिलो र झन्झटीलो सेवा दिनुपर्ने पनि भ्रष्टचार जस्तै भएकाले जनतालाई पानीको, चियाको वस्ने ठाउँको व्यवस्था मिलाउनुभन्दा छिटो सेवा दिँदा उनीहरुले खुशी हुने भन्दै सरल र सहज सेवा प्रवाहमा लाग्न जनप्रतिनिधीहरुलाई सुझाव दिनुभयो।


कार्यक्रममा बोल्दै प्रशिक्षक हरिकृष्ण कोइरालाले प्रदेश सरकारको जोड अहिले शुसासन र जावफदेहितामा रहेको भन्दै जनप्रतिनिधि जनताप्रति उत्तदारयी हुनुपर्ने बताउँदै यि कार्यक्रम संचालन गरेको बताउनुभयो । आफैले वाध्यतावश सार्वजनिक गर्नुपर्ने सूचना र माग भइआएमा पनि सूचना सहज रुपमा उपलब्ध गराउन सुझाव दिनुभएको छ । यसैविच स्थानीय तहका जानकार एवम विज्ञले गैडाकोट नगरपालिकामा मन्त्रीमण्डल गर्न सुझाव दिएका छन् । सिँहदरवारको सरकार गाउँमा आयो भन्ने तर व्यवहारमा पुरानै तरिकाले चल्नेगर्दा जनताले गणतन्त्रको अनुभव गर्न नपाएको स्थानीय तहका विज्ञ प्रेमराज गिरीले बताउनुभएको छ । जिल्ला समन्वय समिति तनहुँका अधिकारी समेत रहनुभएका गिरीले जसरी केन्द्रीय एवम प्रदेशस्तरीय मन्त्री मण्डल छ त्यसैगरी स्थानीय तहमा पनि त्यहि अभ्यासमा जानुपर्ने सुझाव दिनुभएको हो ।


त्यसरी जिम्मेवारी वाँडफाँड समेत भएमा जनताको गुनासो सम्वोधन हुने र काम गर्नपनि सजिलो हुने भन्दै शुसासन र जावफदेहिताको प्रत्याभूति गर्न सकिने बताउनुभयो । गिरीले हरेक योजनाको अनुगमन गर्नुपर्ने र जनताले पाउने सेवा सुविधालाई सरल बनाउँदै लैजान सकेमात्रै शुसासन सहित जवाफदेहिता हुने बताउनुभयो । अहिलेको संविधानले स्थानीय सरकारको सवै जिम्मेवारी दिएको हुँदा विषयगत मन्त्रालय गठन गर्ने र त्यहिअनुसारको मन्त्री छान्ने अनि हरेक विषयगत समस्याहरु छलफल गरेर मात्रै कार्यपालिका बैठकमा लगेर कार्यान्वयन गर्नसके छिटो र छरितो काम हुने सुझाव दिनुभयो । यसरी विषयगत मन्त्रीमण्डल गठन गर्न सके कर्मचारीहरुलाई पनि सवै वडाको जानकारी पदाधिकारीसँग लिन सजिलो हुने उहाँको दावी छ ।
कार्यक्रममा गैडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, पत्रकार रेमु थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा हरिकृष्ण कोइराला, बुद्धिप्रसाद घिमिरे, कृष्णप्रसाद लम्साल, दिपकराज नेपाल, मोहनशरण भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

विषयगत मन्त्रालय गठन गर्ने र त्यहिअनुसारको मन्त्री छान्ने अनि हरेक विषयगत समस्याहरु छलफल गरेर मात्रै कार्यपालिका बैठकमा लगेर कार्यान्वयन गर्नसके छिटो र छरितो काम हुने सुझाव दिनुभयो । यसरी विषयगत मन्त्रीमण्डल गठन गर्न सके कर्मचारीहरुलाई पनि सवै वडाको जानकारी पदाधिकारीसँग लिन सजिलो हुने उहाँको दावी छ ।

कार्यक्रममा गैडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, पत्रकार रेमु थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा हरिकृष्ण कोइराला, बुद्धिप्रसाद घिमिरे, कृष्णप्रसाद लम्साल, दिपकराज नेपाल, मोहनशरण भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

Share.

Leave A Reply