‘राजा नआए देशमा धार्मिक द्वन्द्व हुन्छ’ ः गैडाकोटका राजावादी (फोटो फिचरसहित)

0


डोलराज रानाभाट, १९ जेठ, गैडाकोट । गैडाकोटका राजावादीहरुले देशमा राजाले शासन नचलाए धार्मिक द्वन्द्व  हुने बताएका छन् । २०५८ साल जेठ १९ गते राति भएको नारायहिणी दरवार हत्याकाण्डको १८ वर्षपुग्दापनि हत्यारा पत्ता लगाउन नसक्नु विडम्वना भएको भन्दै उनीहरुले वास्तविक हत्यारा पत्ता लगाई जनतालाई साँचो कुरा भन्न आग्रह गरेका छन्।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भएको हत्याकाण्डमा राजा विरेन्द्र , रानी ऐश्वर्य,दिपेन्द्र लगायतकाको हत्या भएको थियो । प्रचण्डले पनि पटक पटक हत्यारा सार्वजनिक गर्ने अभिव्यक्ति दिइरहेपनि उहाँ स्वयम् सरकारमा जाँदासम्म अहिलेसम्म वास्तविक हत्यारा पत्ता लाग्न नसक्नुनै नेपालको इतिहासमा रहस्यको घटनालाई लिने गरिन्छ । पटक पटक विभिन्न पुस्तकहरु निस्किएपनि यो घटना वर्षेनी रहस्यमै लुकेको छ ।

त्यसलाई कालो दिनको रुपमा सम्झदै आज स्वर्गीय राजा विरेन्द्र सहित परिवारको सम्झनामा गैडाकोट काँग्रेसचोकमा गरिएको द्धिप प्रज्वलन कार्यक्रममा बोल्दै राजावादीहरुले जनताको प्यारा राजाको हत्यारा पत्ता लगाउने कसम खाएको सत्ताको वागडोर सम्हाल्नेहरुले जनतलाई लडाउने र एकता हुन नदिने खेल खेलिरहेको बताएका थिए । राजावादी युवा दिप प्रज्वलन कार्यक्रमका संयोजक सन्तोष अधिकारीले यो देशमा राजतन्त्र आएरै छाड्ने दावी गर्नुभयो । अहिलेको सरकारबाट जनता निराश भएको भन्दै पुन देशमा राजतन्त्रको उदय हुने दावी गर्नुभयो ।

यो देशको मौलिक धर्म, संस्कृतिलाई हटाउने चलखेलले देशमा धार्मिक युद्ध जन्मीने भन्दै अधिकारीले राजतन्त्र नआए देश फेरि टुक्राटुक्रामा जाने बताउनुभयो । देशले राजा भन्दा राजाले देश बनाएको भन्दै हरेक वर्ष पितृको सम्झनामा कार्यक्रम गर्दै आएको बतायनुभयो । जिवलाल कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा गोवर्धन अधिकारी प्रमुख अतिथि र एकनाथ पोखरेल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमको सहजीकरण गर्नुभएका देवराज तिमिल्सेनाले कार्यक्रममा २४० वटा दिप प्रज्वलन गरेको र नेपालको नक्सा सहित गरिएको कार्यक्रमले राष्ट्रिय एकतामा जोड दिएको बताउनुभयो । कार्यक्रममा सर्वसाधरणको न्यून उपस्थिती देखिन्थ्यो ।

सवै तस्विर ः संयोग रेग्मी

Share.

Leave A Reply