‘प्रतिपक्ष होइन सरकार इतिहासमै कमजोरः’ नेता प्रदिप पौडेल

0


डोलराज रानाभाट, १९ जेठ, गैडाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले केपी शर्मा ओलीको सरकार इतिहासमै कमजोर सरकार भएको बताउनुभएको छ ।

संख्यामा दुई तिहाइ भएपनि विकास तथा समृद्धिमा कमजोर भएको उहाँको भनाई थियो । सामुदायिक रेडियो विजय एफएमको कार्यक्रम आजको सवालमा कुरागर्दै उहाँले काँग्रेसको सरकारहुँदा ५० प्रतिशत विकास खर्च भएको तर अहिलेको दुइ तिहाइ सरकारले केन्द्रमा ४१ र प्रदेशमा २१ प्रतिशतमात्रै विकास खर्च गर्न सकेको भन्दै अव सरकार परिवर्तन आवश्यक भएको बताउनुभयो । विकास खर्च हुन सकेमात्रै देश समृद्ध हुने भन्दै नेता पौडेलले सर्वहारा भन्ने नेकपाका सांसदहरुले तलव भत्ता नलिएर विकास गर्न चुनौति दिनुभयो ।

राष्ट्रको बजेट जति तलव र भत्तामा वाँड्ने अनि कहाँको बजेटले देशको विकास गर्ने उहाँको आक्रोश थियो । कम्युनिष्टहरुले नारामात्रै दिने तर काम केहि नगर्ने सिद्धान्तनै हुने भन्दै उहाँले अहिलेको बजेटले समृद्ध नेपाल सुखी नेपाली हासील गर्न सम्भव नभएको बताउनुभयो । जसको नीति उसको नेतृत्व भएको भए देशले विकासको मुहार फेर्दथ्यो भन्दै उहाँले प्रधानमन्त्री झुठ वोल्दै हिँड्ने भएकाले नेपाली जनताले दुख पाएको बताउनुभयो ।

काँग्रेस राजतन्त्र फर्काउन लाग्यो भन्दै प्रधानमन्त्री हिड्नुभयो, नेता पौडेलले भन्नुभयो“काँग्रेसको नेतृत्वमा वनेको संविधानको भावनाविपरित काँग्रेस जाँदैन । झुठ वोल्ने प्रधानमन्त्रीले तथ्यमा रहेर बोल्नुपर्दथ्यो तर नारा र भाषणमा मात्रै देश समृद्ध छ । एउटा नेपालीको भागमा ३६ हजार ऋण छ । यहि हो समृद्धी?” ।

नेता पौडेलले अहिलेको जागरण अभियानले काँग्रेसलाई मजवुद वनाउन सहयोग पुर्याउने बताउनुभयो । आन्तरिक व्यवस्थापनमै समस्या भएकाले केहि कमजोर देखिएपनि जागरण अभियानले काँग्रेसलाई बलियो वनाउने उहाँको विश्वास थियो । साथै नेपाल विद्यार्थी संघमा कुनैपनि नेताले हस्तक्षेप गर्न नहुने भन्दै विधान अनुसार चल्न दिनुपर्नेमा जोड दिनुभयो ।

Share.

Leave A Reply