नगरवासीहरुले गैडाकोट ढाटमा शुक्ल तिर्न नपर्ने सहमति

0

डोलराज रानाभाट, २९ असार, गैडाकोट । अन्तत गैडाकोट नगरवासीहरुले पूर्व पश्चिम राजमार्ग अन्तगर्त गैडाकोटमा रहेको ढाँटमा कुनैपनि पनि दस्तुर तिर्नुनपर्ने भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटमा आज भएको छलफलमा सहमति जुटेपछि अवबाट गैडाकोटवासीहरुले कुनैपनि सकड दस्तुर तिर्नुनपर्ने भएको हो । गैडाकोट नगरपालिकामा सेवा लिन आउँदा समेत सडकमा तिर्नुपर्ने दस्तुरका कारण हैरानी खेप्नपरेपछि वडा नम्वर ११ का अध्यक्ष गोविन्द सुवेदीको संयोजकत्वमा ढाँट हटाउन संघर्ष समितिनै गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । सहमतिसँगै सवै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । आज सडक दस्तुर संकलन केन्द्र ढाँटका प्रतिनिधि राजु सिग्देल, ढाँट हटाउ संघर्ष समितिका संयोजक गोविन्दप्रसाद सुबेदी एवम् पदाधिकारीहरु र इलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक दीपककुमार कार्कीको रोहबरमा बसेको वार्तापछि सहमति भएको हो ।

सहमतिहरुः
१. गैंडाकोट नगरपालिका भित्रका दुईपाग्रे मोटरसाइकलले दस्तूर तिर्न नपर्ने, केही दिनभित्र स्टिकर उपलब्ध गराउने ।
२) गैडाकोटभित्रका निजी प्रयोजनका चारपाग्रे हलुका सबारी साधन कार, जिप सञ्चालकहरुलाई पास उपलब्ध गराउने ।
३) पास आवश्यक हुनेहरूले यहि श्रावण ५ गतेभित्र आवश्यक कागजातसहित नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय वा तपसिलका व्यक्तिहरुलाई बुझाउन पर्ने (कागजातहरु र बिल बुकको फोटोकपी, आफू गैंडाकोटमा बसेको आधिकारिक प्रमाण पत्र) सहित संयोजक गोविन्द सुबेदी ९८४५०४३६००,सदस्य नवराज कंडेल ९८५५०५५५२४,सदस्य थिर बहादुर थनेत ९८४७०७९५३१,सदस्य गोबर्धन ज्ञवाली ९८४४७३१८०४,सदस्य धनिराम महतो ९८४५०८५२२७,सदस्य  कृष्ण पाण्डे ९८५५०६०४८०,सदस्य खुमप्रकाश पौडेल ९८५७०४००९७,सदस्य , रामचन्द्र धिताल ९८५७०४०८५३,सदस्य सुरेन्द्र तिवारी ९८५७०४१२१६,सदस्य होमनाथ सापकोटा ९८१११९९५५०,  ढाॅट हटाउ संघर्स समितिका सदस्य सचिव गोविन्द रिमाल ९८५७०४६८०० सम्पर्क गरेर पास लिनुपर्ने व्यवस्था गरिएको छ । पास देखाएपछि सडक दस्तुत तिर्न पर्दैन ।

आन्दोलनको सुरुवात यसरी भएको थियो । हेर्नुहोस् भिडीयो 

पूर्पपश्चिम राजमार्ग अन्तर्गत गैंडाकाेट नगरमा रहेकाे ढाटका कारण समस्यामा परेका स्थानीय जुर्मुराय । गैंडाकाेट ११ का अध्यक्ष गाेविन्द सुवेदीकाे संयाेजकत्वमा संघर्ष समिति चयन । अाज विहान विराेध स्वरूप एक घण्टा चक्का जाम ।

Posted by Vijaya FM on Thursday, 11 July 2019

Share.

Leave A Reply