नवलपुरको लोकाहा खोलामा प्रदेश औद्योगिक क्षेत्र स्थापना गरिने/ रू २ करोड विनियोजन (अरु के के नवलपुरलाई मात्रै)

0

डोलराज रानाभाट, असार १, गैडाकोट । गण्डकी प्रदेशले आज आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट सार्वजनिक गरेको छ । ६२ प्रतिशत पुँजीगत खर्च छु्ट्याइएको छ । यो सँगै नवलपुरको लोकाहा खोलामा प्रदेश औद्योगिक क्षेत्र स्थापना गरिने र त्यसका लागि  रू २ करोड विनियोजन गरिएको छ । साथै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रू ३२ अरब १३ करोड ४७ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ। जसमध्ये, चालुतर्फ रू १२ अरब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ रू १९ अरब ८४ करोड ९० लाख २० हजार विनियोजन प्रस्ताव गरिएको छ। कुल बजेटमा पुँजीगततर्फ विनियोजित रकम करिब ६२ प्रतिशत र चालु खर्चतर्फ ३८ प्रतिशत रहेकोछ।

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनमा प्रदेशको योगदान ९।४ प्रतिशत रहने अनुमान छ। आधारभूत मूल्यमा राष्ट्रिय औसत बृद्धिदर ६।८ प्रतिशत रहेकोमा यस प्रदेशको आर्थिक बृद्धिदर ७।१ प्रतिशत रहेको छ। यसैगरी, प्रतिव्यक्ति आय गत आर्थिक वर्षमा १ हजार २१ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १ हजार ४३ अमेरिकी डलर पुगेकोछ।

नवलपुरको लोकाहा खोला र पोखराको भोटेपोखरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्न पूर्वाधार विकासका लागि रू २ करोड विनियोजन गरिएको छ। स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक औद्योगिक ग्रामको स्थापनाको कार्यक्रमलाई निरन्तरता दिंदै रू ६ करोड विनियोजन गरिएको छ।

प्रदेश गौरव आयोजनाको रूपमा रहेका बृहत पोखरा चक्रपथ र पोखरा भिमाद दुम्कीवास द्रुतमार्ग निर्माण आयोजनालाई प्राथमिकतामा राखिएको छ। साथै, शालिग्राम साँस्कृतिक करिडोरलाई ९देवघाट देखि चापाकोट० र ९राम्दी देखि रूद्रबेणी० दुई खण्डमा निर्माण कार्य सुरू गर्ने गरी रू ११ करोड विनियोजन गरिएको छ।
विद्युतको सुबिधा नपुगेका नवलपुर, गोर्खा, बाग्लुङ, म्याग्दी, मुस्ताङ, मनाङ र कास्की जिल्लाका ३२ वटा स्थानीय तहमा नेपाल विद्युत प्राधिकरण मार्फत सञ्चालन हुने गरी विद्युत बिस्तार कार्यक्रमलाई निरन्तरता दिन रू ५१ करोड विनियोजन गरिएको छ। साथै तनहुँ हाइड्रोसँग समन्वय गरी विद्युत नपुगेका तनहुँ जिल्लाको दक्षिणी भेगमा विद्युत विस्तार कार्यक्रम सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।
प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र, प्रदेश सभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारीहरूको आवास निर्माण कार्य यसै वर्षदेखि शुरू गर्ने गरी रू १ अरब ७० करोड विनियोजन गरिएको छ। नवलपुरको कावासोती र अन्य स्थानमा आवश्यक प्रादेशिक कार्यालय निर्माण गर्नको लागि बजेटको व्यवस्था गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुविधा सम्पन्न बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्यलाई निरन्तरता दिन बजेटको व्यवस्था मिलाइएको छ ।
भौगोलिकरूपमा अति विकट र विकासका दृष्टिले पछाडि परेका गोरखाको चुम(नुम्ब्री र धार्चे, नवलपुरको हुप्सेकोट र बागलुङको ढोरपाटन क्षेत्रको पूर्वाधार विकासका निम्ति आवश्यक बजेट विनियोजन गरिएको छ।
मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, नवलपुर र तनहुँमा कोल्ड स्टोर निर्माण गर्न रू ९ करोड विनियोजन गरिएको छ। स्याङ्जा, तनहुँ, कास्की, नवलपुर, बाग्लुङ, म्याग्दी, लमजुङ, गोर्खा र पर्वतमा नयाँ हाइटेक बन नर्सरी स्थापना र सञ्चालन गर्न रू १ करोड ६० लाख विनियोजन गरिएको छ।
दुर्गम तथा विकट क्षेत्रका गर्भवती तथा सुत्केरीको जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा सेवा प्राप्तिका लागि एयर लिफ्टिङ सुविधा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको छ।
१०४। विस्तृत आयोजना प्रतिवेदन तयार भई ठेक्का सम्झौताको क्रममा रहेका मुस्ताङ, मनाङ, नवलपुर, कास्की र पर्वत जिल्लाका अस्पताल भवन निर्माणको कार्यलाई निरन्तरता दिन रू १५ करोड बजेट छुट्याइएकोछ । गण्डकी क्षेत्रिय अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न थप नयाँ भवन निर्माणको लागि रू २ करोड विनियोजन गरिएको छ।
नवलपुर जिल्ला अस्पताल र डेढगाउँ स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ।

Share.

Leave A Reply