गैडाकोट ४ मा शिवालय मार्गको उद्घाटन/३ करोडको लागतमा वन्यो स्टान्र्डड बाटो

0


डोलराज रानाभाट, २० जेठ, गैडाकोट । लामो समय धुलो र हिलो खेपेका गैडाकोट ४ का वासिन्दाले उच्चस्तरको कालोपत्रे सडक पाएका छन् । जनप्रतिनिधिहरुको निर्वाचन पश्चात गैडाकोट ४ मा रहेको शिवालय मार्गको निर्माण कार्यले पूर्णता पाएपछि त्यहाँका जनता खुशी भएका हुन् । ३ करोडको लागतमा दुवै तर्फ पक्की नालासहितको १ किलोमिटर सडक निर्माण भएको हो ।

चौडाइ ११ देखि १३ र कतै २३ मिटरसम्म रहेको वाटोको आज नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कडेँलले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले अव पूर्वाधार निर्माणको कार्यले चाँडै पूर्णता पाउने र समृद्ध गैडाकोटका लागि उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । राजनीति मुद्दा सकिएको भन्दै अव सवै मिलेर उत्पादनलाई बढाउँदै समृद्ध नेपाल सुखी नेपालीको नारा हासिल गर्नुपर्नेमा जोड दिनुभयो । साथै नगरपालिकाबाट सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो  ।

त्यस्तै उपमेयर विष्णुकुमारी कडेँलले जनताको सहभागीताविना कुनै पनि विकासको काम नहुनेभन्दै वाटो निर्माणले पूर्णता पाएकोमा खुशी व्यक्त गर्नुभयो । अव सडकमा मात्रै नभई बालबालिका, महिला ज्यष्ठ नागरिकको क्षेत्रमा पनि कार्य गर्नुपर्नेमा जोड दिँदै चाँडै बालमैत्री वडा घोषणमा लाग्न सुझाव दिनुभयो । त्यस्तै अपुग रकम सहित नाला निर्माण र वाँकी सकड कालोपत्रे गर्न नगरपालिकाबाट बजेट उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । नगरपालिकाको १ करोड ७० लाख र जनसहभागीताबाट १ करोड सहित निर्माण भएको सडकमा ३० लाख अपुग भएको वडाअध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिनुभयो । अव २ मिटर कालोपत्रे हुन वाँकी रहेको र ३०० मिटर नाला निर्माणको कार्य वाँकी रहेकाले त्यसमा पनि नगरपालिकाले बजेट विनियोजन गरिदिने आशा न्यौपानेको छ । गैडाकोट १ देखि ९ भित्रमध्ये नमुनको रुपमा रहेको उक्त वाटो झण्डै २ वर्षमा निर्माण सम्पन्न भएको हो । दिव्यनरसिह धामबाट आएर जयश्रीपुलसम्म जोड्ने यो सडक नगरपालिकाको भित्रि मेरुदण्डभएको दावी वडा अध्यक्ष न्यौपानेको छ । दिनरात अहोरात्र खट्ने सवैजनालाई अध्यक्ष न्यौपानेले धन्यावाद दिनुभएको छ । उद्घाट पश्चात मेयर उपमयेर लगायत ४ नम्वरका जनप्रतिनिधि, समाजसेवी पत्रकारहरुले पुरै सडक हिड्दा जनताले बाटोमा घडा राखेर अविर सहित स्वागत गरेका थिए । जनप्रतिनिधिहरुको आगमबाट यसरी विकास भएको देख्दा आफूहरु खुशी भएको गैडाकोट ४ का स्थानीय नगेन्द्र थापा क्षेत्रीले बताउनुभयो । वर्षेनी डुवानमा जस्तै पर्ने यस क्षेत्रमा नाला सहितको सडकले आफूहरु खुशी भएको अर्को स्थानीय सुन्दर पाण्डे, तेज वहादुर रानाको भनाई छ। शिवलाय मार्ग वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष ऋषिराम घिमिरेले स्वागत मन्तव्य राख्ुनभएको कार्यक्रमको समापन अर्का अध्यक्ष नन्दप्रसाद घिमिरेले गर्नुभएको थियो ।

Share.

Leave A Reply