पत्रकार महासंघ नवलपुरको नयाँ सदस्यताका लागि प्रमाण र दस्तुर अध्यक्षलाई वुझाउन आह्वान

0

डोलराज रानाभाट, २९ असार । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ सदस्यता लिन चाहाने क्रियाशिल पत्रकारहरुले अध्यक्ष होमराज रानाभाटलाई फाराम सहित आवश्यक कागजात वुझाउन आग्रह गरिएको छ । विभिन्न पेशागत संगठनहरुले उठाएको माग सम्वोधन हुँदापनि ताला नखोलेपछि अध्यक्ष रानाभाटलाईनै प्रमाण र दस्तुर वुझाउन भनिएको हो ।

नेपाल प्रेस युनियन ,प्रेस चौतारी,प्रेस सेन्टर र क्रान्तीकारी पत्रकार महासंघको अनुरोधमा थप गरिएको एक महिनाको म्याद यहि असार मसान्तमा सकिदैछ । कार्यालयमा ताला लागेकोले नयाँ सदस्यता लिनबाट वन्चित हुन नपरोस भनी अध्यक्षलाईनै भेटेर प्रमाण र दस्तुर वुझाउन मिल्ने व्यवस्था गरिएको शाखा अध्यक्ष होमराज रानाभाटद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

पत्रकार महासंघको बिधानमा ब्यबस्था भए बमोजिम अब पुन म्याद थप्न नसकिने र जति म्याद भित्र संकिलत हुन्छन त्यसको छानबीन गरि मात्र सिफारीश गरिने भन्दै ९८५५०५६३३३ मा फोन गरेर आफनो सदस्यता बुझाउनुहुन महासंघले अनुरोध गरेको छ । नवलपुरमा क्रियाशील विभिन्न पत्रकारहरुको पेशागत संगठनहरुले महासंघले माग पुरा गरेको लामो समय भइसक्दापनि ताला खोलेका छैनन् जसले गर्दा कार्यालयबाट हुने नियमित काम रोकिएको छ भने नयाँ सदस्यता लिन चाहाने क्रियाशील पत्रकारहरुले दुख पाएका छन् ।

Share.

Leave A Reply