कालिका मन्दिरमा आजेदेखी श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको शुभारम्भ 

२०७९ चैत ८ बुधबार १८:२८:०० मा प्रकाशित


गैँडाकोट । कालिका मन्दिर कालिका आश्रममा यहि आजेदेखी हुने श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको शुभारम्भ भएको छ ।

विहान पञ्चेबाजा, भजन किर्तनसँगै कलश यात्रा गरेर श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको शुभारम्भ भएको कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले बताउनुभयो । गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रममा भगवान गणेश, अष्टचिरञ्जिवी भगवानका साथै ६ फिट अग्लो कालिका भगवतीको दशभुजा मूर्तिको प्राणप्रतिष्ठा एवं कलात्मक मन्दिर समुद्घाटनका लागि आजदेखि १६ गते सम्म नवाह ज्ञानयज्ञ भइरहेको छ  ।

उहाँले प्रतिदिन कथावाचन, रुद्राभिषेक, चण्डीपाठ, हवन र मध्यान्हमा दिप प्रज्जवलन गरिने बताउनुभयो । त्यस्तै १३ गतेदेखि १५ गतेसम्म प्रतिष्ठा गरिने मूर्तिहरुको अधिवासविधि–जलाधिवास, पुष्प–फलाधिवास, अन्नाधिवास अनुष्ठान गरिने र १५ गते पूजा र मूर्तिप्राणप्रतिष्ठा गरी मन्दिरको समुद्घाटन गरिने उहाँले बताउनुभयो । त्यस्तै १६ गते रामनवमी कथाको समापन साथै नवाहयज्ञको पूर्णाहुति गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । 

सो कलश यात्रामा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, जनप्रतिनिधि, सामाजिक एवं धार्मिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।