नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

२०७९ माघ १५ आइतबार ०७:४२:०० मा प्रकाशित

नवलपुर । नेपाल नर्सिङ दिवस आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ ।

नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । 

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर, स्वयंसेवीका रुपमा काम गर्न बाध्य रहेको आवाज उठ्ने गरेका छन् । पछिल्लो समय रोजगार र उचित पारिश्रमिक नपाउँदा विदेशीनेको संख्या पनि बढ्दो रहेको छ ।

नर्सिङ को इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिप्रेक्षमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ ।