पूर्व डिआईजी महतले बनाए श्रीमतीको स्मृतिमा मन्दिर र चौतारी

२०७९ माघ १२ बिहीबार १९:४५:०० मा प्रकाशित


चितवन । पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी)   ज्ञानेन्द्र विक्रम महतले श्रीमतीको स्मृतिमा मन्दिर र चौतारी बनाउनुभएको छ । चितवनको भरतपुर १ रामनगर सरस्वती पूजाको अवसर पारि मोक्षदाता गणेश मन्दिर, देउराली देवी मन्दिर र मिना स्मृति चौतारीको उद्घाटन गरिएको छ । पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी)  ज्ञानेन्द्र विक्रम महत अध्यक्ष रहेको मीना स्मृति प्रतिष्ठान नेपालले निर्माण गरेको देउराली देवी मन्दिर, लखन पार्कमा मिना स्मृति चौतारी र रामनगर पुष्प बाटिकामा मोक्षदाता गणेश मन्दिर आज एक साथ उद्घाटन गरिएको हो । 


पूर्व डिआईजी महतको स्वर्गीय श्रीमती मीना महतको स्मृतिमा वार्षिक तिथिको अवसर पारेर शिलन्यास गरि निर्माण पुुरा गरेका मन्दिरहरु र चौतारीको २५ लाख रुपैँयामा लागत लागेको मिना स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष महतले जानकारी दिनुभयो  । उहाँले जीवनसंगिनी भौतिक रुपमा नरहेपनि मन्दिर, पार्क र चौतारीको रुपमा सधैँ आफुसँगै हुने बताउनुभयो । 
आफु प्रहरी जागिरे अवधिमा नै रहदाँ समाजसेवा गर्नुपर्छ भन्ने भाव रिटायर्ड हुँदा पनि जागृत रहेकोले आफू यस क्षेत्रमा निरन्तर सामाजिक काममा लागेको महतले बताउनुभयो । कार्यक्रममा प्रहरी शिक्षालयकी डिआईजी दुर्गा सिंह, व्यवसायी राजेन्द्र अर्याल लगायतले महत परिवारको समाजिक कार्य सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । 


वि.सं. २०११ साल साउन २९ गते जन्मनु भएकी सामाजिक कार्यमा अग्रसर मीना महतको वि.सं. २०७७ चैत २८ गते निधन भएको थियो । उहाँको दिर्घरोगका कारण निधन भएको थियो । नेपाली सेना अन्तर्गत हेलिकप्टर सेवामा फ्लाइट अप्रेसन अधिकृतका रुपमा २५ बर्ष काम गर्नुभएको थियो । उहाँले प्रहरी परिवार महिला संघ पश्चिमाञ्चलको अध्यक्षको भूमिका समेत निर्वाह गर्नुभएको थियो । पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्र बिक्रम महत श्रमतीकै प्रेरणाले सामाजिक, धार्मिक, अध्यात्मिक क्षेत्रमा लाग्नुभएको थियो । महतले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको संस्थागत विकासमा योगदान पु¥याउँदै आउनुभएको छ ।