सम्झनामा शोभाखर रिमाल “पानी बा”

२०७९ मङ्सिर १३ मंगलबार ११:५१:०० मा प्रकाशित


२०७९ भाद्र २० गते नियमित रूपमा रक्तचाप र मधुमेह परिक्षणको क्रममा शोभाखर दाइले मलाई हेर्दै भन्नुभयो “स्वास्थ अलिकता के नमिले जस्तो भएको छ । मेरो आँखा हेर्नुहोस् त, अब तपाईं नै त हो नि मेरो, उपचार गर्ने ।”  मैले पनि उहाँको शारीरिक अवस्था हेरी अलि बृहत रक्त परिक्षण गर्नु पर्छ दाजु भनँें । यो थियो त्यही दिनको हाम्रो सम्बाद ।


स्व. शोभाखर रिमाल दाजुसंग म जयश्री खोला सिँंचाई निर्माणको क्रममा परिचीत भएको थिएँ । जयश्री पूर्वको फाँट सिँचित गर्न सिँचाइ योजनाको परिकल्पना गरिएको थियो । खडेरी पर्दा, सुख्खा याममा आकाशे पानी नपर्दा, धानको बीउ राख्न समेत हामीलाई हम्मे हम्मे पर्दथ्यो । कहिले माथी ईटाभट्टा तीरकै फाँटमा, अरु कसैको खेतमा बीउ राख्नु पर्ने बाध्यता हामीसँग थियोे, कहिले सिँंचाइको पानीको व्यवस्थापन त्यस आयोजनाका अध्यक्ष शोभाखर दाईले गर्ने गर्नुहुन्थ्यो र सबैले आ–आफ्नो खेतमा बीउ राख्ने अवसर पाउँदथे ।


एक पटक बीउ राख्न निकै नै सकस प¥यो । शोभाखर दाई खेत खेतमा डुल्दै कसले बीउ राख्यो कसले राखेको छैन हेर्दै हिँड्नु हुन्थ्यो । माथिल्लो फाँटमा सबैले बीउ राखेको देख्नु भएछ, अनि तल्लो फाँट वाड नं. २ तीर हेर्दै आउनु भएछ । यता कसैले पनि बीउ राखेका थिएनन् यस्तैमा म संग बीउ राख्नु भो ध्रुवजी भन्दै जिज्ञासा राख्नु भो । छैन दाजु पानी परेकै छैन । कसरी राख्नु भनि मैले जवाफ फर्काएँ । उहाँले त्यताबाट तपार्ईँहरु आउनुहोस् पानी तलै ल्याउने प्रयास गरौं भन्नु भयो । बाउसो बोकी हामी पनि शोभाखर दाजुसँग दिनभरी जसो कुलामा लडिघसी ग¥यौं । नभन्दै रातीको पानी खेत सम्म आइपुग्यो । भोलि पल्ट तल्लो फाँटका सबैले बीउ राख्यौं ।


यसरी सिँचाइमा उहाँले २०३९ साल देखि पानीको उचित व्यवस्थापन गर्दै आउनु भएको थियो । सुख्खा परेको बेला कुलोले कहाँ कहाँ भेट्न सक्दछ, सो ठाउँका उपभोक्ताहरुलाई साह्रो गाह्रो के छ ? सोधी बुझी सोही अनुसार पानीको व्यवस्थापन गर्न नेतृत्व मात्र होइन आफै काममा जुट्नु हुन्थ्यो । यसरी उहाँ सामाजिक नेतृत्वदायी उत्प्रेरक हुनुहुन्थ्यो ।
गैंँडाकोटमा पाइप लाइनबाट पानी ल्याई आधुनिकरुपमा समुदायसम्म पु¥याउने कार्य धनबहादुर थापाले गर्नु भएको मलाई सम्झना छ । भूपु सैनिकहरुकोे संगठनको माध्यमबाट उहाँ र उहाँको टिमले त्यसलाई मूर्तरूप दिएको थियो । त्यो थोरै समुहलाई वितरण गरेता पनि महाभारत श्रृङ्खला अन्तर्गत पर्ने यो जंगलबाट ल्याइएको पानी अत्यन्त धेरै क्याल्सियमको मात्रा भएका कारण पाइपमा क्याल्सीयम (चुन) जम्ने समस्या थियो । यो योजनाहरुको निरन्तरतामा केही वर्ष पछाडी प्रश्न चिन्ह खडा भएको थियो । 


यसैमा खानेपानीको समस्या समाधानाका लागि स्व. नविनसागर सुवेदी गाउँ बिकास समितीका अध्यक्ष रहँदा उहाँ र उपभोक्ता समितिको तर्फबाट शोभाखर रिमाल सहितको प्रयासमा गैंडाकोट १ बृटिश क्याम्पमा बोरिङ पहिलो पटक खनिएको थियो । त्यस ठाउँमा चट्टानका कारण बोरिङ सफल हुन सकेन । तत्पश्चात सोही समय गैंडाकोट ४ शिवालय मन्दिरको अहिलेको खानेपानी रहेको ठाउँमा बोरिङ सफल भयो । यो त्यतिकै केही समय रहि रह््यो ।


२०५४ सालमा हामी जतिबेला स्थानीय निकायमा निर्वाचन भएर गयौं त्यतिबेला गैंडाकोट गा.वि.स.को खानेपानीको अवस्था जटिल थियो । इनार, नदि, खोला र कुलामा भर पर्नुपर्ने अवस्था समग्र गैंडाकोटमा रहेको थियो । हामीलाई खानेपानीको व्यवस्था गर्न एक प्रकारको चुनौती आइलागेको थियो । यस्तैमा गा.वि.स.को नेतृत्व गर्नु भएका ओमप्रसाद सापकोटा दाईले साना सहरी खानेपानीको सम्भावना देखाउनु भयो । यो त्यस्तै ०५६÷०५७ कुरा हो । हामीले गा.वि.स.का बैठकमा त्यस बारे छलफल गर्याँै । मैले नगर विकास कोषको रकम ऋणमा ल्याई जनतालाई खानेपानी दिन सबैको लालपुर्जा जम्मा गर्नु पर्ने र ऋण तिरे पछि मात्र ती सबै प्राप्त हुने कुरा दर्शाएँ । त्यसले हामी सबैलाई अप्ठ्यारोमा पार्ने निश्चित थियो । ओम दाइले जिल्ला खानेपानी प्रमुख, स्थानीय विकास अधिकारी, इन्जिनियर सहितको बैठकमा छलफलको लागि आह्वान गर्नु भयो । शोभाखर रिमाल अध्यक्ष, उपाध्यक्ष ज्ञानेन्द्र प्र. सापकोटा, सचिव म गोविन्द सुवेदी, कोषाध्यक्ष हरिप्रसाद सापकोटा,  सदस्य तारापति खरेल, ऋषिराम घिमीरे, मुक्तिनाथ काप्री, विरेन्द्र श्रेष्ठ, होमनाथ आचार्य, धनबहादुर पौडेल, शोविता घिमिरे र दिलमाया सिग्देल गरी १३ सदस्यीय समिति खानेपानीको लागि गठन भइसकेको थियो । मैले शोभाखर दाईसँग छलफल गर्नु आवश्यकता ठाने ।  उहाँको निवासमा गएर दाई भोली हामी खानेपानी समाधानका लागि छलफल त गर्दैछौँ । त्यहाँ त्यो प्राविधिक टोलीले साना शहरी खानेपानीका लागि दवाब पनि गर्नेछ । के गर्ने होला  ? त्यो काम त्यसरी गर्न गाह्रो पो छ त भनि छलफल गरेँ । गैंडाकोट ३ हर्दिमा गाउँलेहरु सबैले मुद्दा झेल्नु परेको यथार्थ पनि औँल्याए । अनि के गर्ने त ? विकल्प अरु केही छ त ? भनेर शोभाखर दाइले सोध्नु भयो । अनि मैले हामी साना सहरी अन्तर्गत जान सक्दैनाँै अर्कै विकल्प खोजिनु पर्दछ भनी सबै कुरा राख्छु । तपाईँले अडान मात्र लिइदिनु प¥यो भनि छलफल ग¥यौं र भोलीको बैठकको तयारीमा लाग्यौं ।


भोलीपल्ट उपरोक्त टिमसँगको बैठक बस्यो । बैठकमा यी सबै यथार्थ मैले प्रस्तुत गरेँ । शोभाखर दाइले साना शहरीमा हामी जाँदैनौ, योजना जिल्ला खानेपानीले नै सम्पन्न गराउनु पर्दछ भनी आडान लिनु भयो ।  बैठकको अन्त्यमा जिल्ला खानेपानी प्रमुखले कुनै अर्काे ठाउँमा पारेको योजना सुरुवात हुन नसकेको रहेछ भने त्यो यही ल्याउने प्रयास गर्दछु भनि बचनबद्ध हुनु भयो । नभन्दै केही समय पछाडी तराईको कुनै गा.वि.स. मा निर्माणका लागी परेको योजना सुरुवातनै हुन नसकेका कारण हामीकहाँ आइपुग्यो । सोही योजना गैंडाकोट पम्पिङ्ग स्किमका रुपमा आजसम्म संचालमा रहेको छ । यसरी खानेपानीमा शोभाखर दाइको योगदान अविष्मरणीय रहेको छ । योजनाको नेतृत्वमात्र होइन उहाँ चाहे इन्जिनियरसँग होस् चाहे तोस खन्ने कामदारसँग होस् सबैसंग उत्तिकै समानरुपमा काममा पनि जुट्नु हुन्थ्यो । उहाँले समितिका सबैजसो काममा उत्तिकै समय दिनुहुन्थ्यो ।


२०७१ सालको आठौं साधारण सभामा शोभाखर दाइलाई मैले “पानी बा” भनि सम्बोधन गरेको थिएँ । पानीको व्यवस्थापन चाहे सिँचाई होस्, चाहे अन्य खानेपानी आयोजना सबैमा उहाँको उच्च योगदान रहेकाले मैले “पानी बा” को उपनाम उचित सम्झी सम्बोधन गरेको थिएँ ।


भाद्र २० मा रक्त परिक्षणको प्रारम्भिक नतिजा हेरे पछि मैले भने “दाजु छिट्टै आजै राम्रो हस्पिटलमा थप उपचारको लागी जानुपर्ने भो”  । उहाँले आज बैठक छ भोली पर्सी जाउँला भन्नुभयो । होइन दाजु पहिले स्वास्थ्य अनि मात्र समाजसेवा भने पछिमात्र उहाँ भतिजासंग हस्पिटल जानु भो । शरिर अस्वस्थ रहँंदा रहँदै पनि समाज सेवा भनेपछि हुरुक्कै हुने उनै “पानी बा” को २०७९ साल मंसिर ४ गते देहान्त भएको छ । गैंँडाकोटले यस भेगको पानीको व्यवस्थापन र विकासमा अतुलनीय क्षति ब्यहोर्न परेको महशुस भएको छ । उनै “पानी बा” को असामयीक देहावसानले हामी गैंडाकोटवासीलाई अत्यन्त मर्माहत बनाएको छ । यस्ता जुझारू र कर्मयोगी “पानी बा” को निधनले गंैडाकोटको पानी व्यवस्थापनमा अपुरणिय क्षति भएको छ । यस दुखद् घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।