प्याब्सन गैँडाकोटले गर्यो बिज्ञान प्रर्दशनी

२०७९ मङ्सिर ९ शुक्रबार १९:०९:०० मा प्रकाशित

गैँडाकोट
संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन गैंडाकोट नगर–कमिटिले शुक्रबार गैँडाकोटमा  विज्ञान प्रदर्शनी गरेको छ । जसमा जुनियरतर्फ गैंडाकोट इङिलस स्कुल प्रथम भएको छ । यस्तै ज्ञानकुञ्ज इङलिस बोर्डिङ स्कुल द्धितिय, स्मल हर्ट एकेडमी तृतिय र विजय सामुदायिक शिक्षा सदन, वालविकास वोर्डिङ स्कुल र कन्टिनेन्टल बोर्डिङ स्कुलले सान्तवना स्थान हासिल गरेका छन ।
यस्तै सिनियरतर्फ साइनिङ इङिलस सेकेण्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । सरस्वती स्कुल अफ साइन्स एण्ड म्यानेजमेन्ट द्धितिय भएको छ भने गैँडाकोट नमुना सेकेण्डरी बोर्डीङ स्कुल तृतिया र कन्टिनेन्टल बोर्डिङ स्कुलले सान्तवना स्थान हासिल गरेको हो । उनीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । 
प्रदर्शनीमा सहभागी विद्यार्थीलाई दुई भागमा विभाजन गरिएको थियो । कक्षा १ देखी ८ सम्मलाई एक जुनीयर समुह र त्यस माथिका विद्यार्थीलाई सिनियर समुहमा विभाजन गरिएको थियो । 
प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने हाइड्रोलिक जेसिबी, डोजर, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री प्रदर्शनीका लागि राखेका थिए ।
विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले गैँडाकोट २ स्थित श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको प्रदर्शनीमा २६ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना  गरिएको प्याब्सन गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले बताउनुभयो । अध्यक्ष दवाडीले विज्ञान तथा प्रविधीले मानिसको जीवनमा पार्ने प्रभावलाई विद्यार्थीको सिर्जनशिलताको माध्यमबाट प्रस्तुत गरिएको बताउनुभयो । 
प्याब्सन गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला प्रमुख अतिथी रहनुभएको थियो । उहाँले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि बिभिन्न अतिरिक्त क्रियाकलापले सहयोग पु¥याउने बताउनुभयो । 
यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल, प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपाने, प्याब्सन नेपालका केन्द्रिय सदस्य राजेन्द्र पौडेल, प्याब्सन गण्डकी प्रदेशका पुर्व सल्लाहकार भरतमणी गौतम लगायतको उपस्थिती रहेको थियो । नगर प्याब्सन गैँडाकोटका उपाध्यक्ष विनोद गौतमले कार्यक्रम सञ्चालन र सचिव निर्मल पाण्डेले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।